Trending
Prev Story
Next Story

लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : प्रधानमन्त्री बालेन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा …

लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : प्रधानमन्त्री बालेन

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका छन् ।

उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताए ।

संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुन:स्थापनालाई सरकारले प्राथमिकता दिएको बताए । यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरे ।

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आमनागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरे ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट होऔँ: न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तरराष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ । नेपालमा ‘ लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुहुँदै अभियानको सफलताको कामना गरे ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन युथ एड्भोकेसी नेपालको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले महिला हिंसा, विभेद र छुवाछूत अन्त्यसँगै समान अधिकार सुनिश्चित गर्न माग गरेका छन् । म...

#लैङ्गिक #हिंसाविरुद्ध
Compare →
Ekantipur
6h ago
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरेका छन् ।

#लैङ्गिक #हिंसाविरुद्ध
Compare →
Nagarik News
2h ago
लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताएकी छन्।

#लैङ्गिक #आवश्यक
Compare →
Bizshala
1d ago
देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम...

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
1d ago
दुई मन्त्रीसँगको फोटो सेयर गर्दै बालेनले लेखे - देश उभो लाउने टोली !

दुई मन्त्रीसँगको फोटो सेयर गर्दै बालेनले लेखे - देश उभो लाउने टोली !

प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2625