Trending
Prev Story
Next Story

तेहथुम पावरको वार्षिक साधारणसभा आह्वान

Arthasansar •
November 25, 2026 • 05:06 AM
11
11 reads 0 reactions

तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस १८...

तेहथुम पावरको वार्षिक साधारणसभा आह्वान

तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस १८ गतेका लागि ९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा अनुपम फुडल्याड एण्ड व्याङ्गकेट, बतिसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुने छ । सभामा साधारण प्रस्तावका रुपमा आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना पारित गर्ने छ । त्यस्तै लेखा परिक्षण प्रतिवेदन सहितको २०८३ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।

त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनीको प्रबन्ध पत्रको दफा ४ र ६ तथा नियमावलीको नियम १० र २७ मा संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने, संञ्चालक समितीको निर्वाचन कार्यक्रम सम्बन्धी प्रस्ताव, संचालकहरुको सुविधा सम्बन्धी प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने छ । त्यस्तै उपरोक्त प्रस्तावहरु स्वीकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि बिषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

कम्पनीले सभा प्रयोजनका लागि मंसिर १६ गते बुधवार सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । उक्त मिति भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
अपर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारणसभा, शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

अपर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारणसभा, शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

काठमाडौं- अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २ गतेका लागि १० औँ वार्षिक साधारणसभा बोलाएको हो । कम्प...

#वार्षिक #साधारणसभा #गते
Compare →
Bizshala
3d ago
शिवश्री हाइड्रोपावरले डाक्यो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

शिवश्री हाइड्रोपावरले डाक्यो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

काठमाण्डौ। शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक...

#वार्षिक #साधारणसभा #पावर
Compare →
Nagarik News
8h ago
सुन्तला खेतीबाट वार्षिक चार करोड आम्दानी

सुन्तला खेतीबाट वार्षिक चार करोड आम्दानी

इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ।

#वार्षिक
Compare →
Ekantipur
2d ago
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री वालेन्द्र शाहको आह्वान

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री वालेन्द्र शाहको आह्वान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

#आह्वान
Compare →
Onlinekhabar
4d ago
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

८ मङ्सिर, ब्रिजटाउन (रासस/क्युएनए)। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्। उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको …

#आह्वान
Compare →

Related Stories

Politics & Governance
Build #2625