दर्जन बढी हिउँले टलक्क टल्किएका सेताम्य हिमाल देख्दा सबै रोमाञ्चित बन्छन् । जमिनमा उभिएर ९० डिग्रीसम्म जता हेर्यो उत्ते शुभ्रहिमाल मुस्कुराइरहेको देखिन्छ ।
आँखै अघि हिमाल । त्योपनि एउटा/दुईटा हैन् । दर्जन बढी हिउँले टलक्क टल्किएका सेताम्य हिमाल देख्दा सबै रोमाञ्चित बन्छन् । जमिनमा उभिएर ९० डिग्रीसम्म जता हेर्यो उत्ते शुभ्रहिमाल मुस्कुराइरहेको देखिन्छ । यो ठाउँ हो सोलुखुम्बुको पत्ताले नजिकै रहेको सोलुदूधकुण्ड नगरपालिका ८, स्थित चाँगेस्थान डाँडा । डाँडाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा राम्ररी नजिकबाट देख्न सकिन्छ ।
८ हजार ८ सय ४८ मिटर अग्लो हिमाल सजिलै आनन्दले देख्न पाउदा सबै रमाउँछन् । त्यस्तै ८ हजार मिटरभन्दा अग्ला कञ्चनजंघा, ल्होत्से र मकालु हिमाल पनि उस्तै मनमोहक देखिन्छ। त्यस्तै ७ हजार मिटर अग्ला गौरीशंकर, पुमोरी र नुप्से हिमाल पनि गजबले देखिन्छ ।
त्यस्तै ६ हजार मिटर अग्ला नुम्बुर, मेरा पिक, कार्यालुङ, खाटाङ लगायतका हिमाल पनि उस्तै मनमोहक देखिन्छ । सडक यातायातको सहज पहुच भएको यो स्थानबाट विशेषगरी असोज–मंसिर र चैत–बैशाखको समयमा बिहानको सूर्योदयसँगै देखिने हिमालका मनमोहक दृश्यले सबै आनन्दित बन्छन् ।
डाँडामा चागेस्थान देवी र विहार बनाइएको छ । देवीलाई स्थानीय स्तरमा एक शक्तिशाली देवीका रूपमा पुजिन्छ । यहा दर्शन र पूजाआजा गर्नाले मनोकामना पूरा हुने, संकट टर्ने र सुख–शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।