Trending
Prev Story
Next Story

विचार | एन्टिबायोटिकको जथाभावी प्रयोग कसरी बन्दै छ घातक ?

Ekantipur •
November 25, 2026 • 02:33 AM
9
9 reads 0 reactions

स्वास्थ्य आवश्यकताभन्दा बाहिर गएर अनावश्यक, महँगा औषधि सिफारिस गर्ने वा बिरामीले आफूखुसी किनेर सेवन गर्ने प्रवृत्ति जीवनरक्षक होइन, घातक छ ।

विचार | एन्टिबायोटिकको जथाभावी प्रयोग कसरी बन्दै छ घातक ?

स्वास्थ्य आवश्यकताभन्दा बाहिर गएर अनावश्यक, महँगा औषधि सिफारिस गर्ने वा बिरामीले आफूखुसी किनेर सेवन गर्ने प्रवृत्ति जीवनरक्षक होइन, घातक छ ।

पृथ्वीमा जीवनको उत्पत्ति करिब चार अर्ब वर्षअघि र आधुनिक मानव (होमो सेपियन्स) को उत्पत्ति करिब तीन लाख वर्षअघि भएको मानिन्छ । तर, मानिस तथा जनावरको उपचारमा प्रयोग हुने आधुनिक वैज्ञानिक औषधिहरूको व्यापक विकास पछिल्लो एकदेखि दुई शताब्दीको अवधिमा भएको हो । एन्टिबायोटिकलगायत आधुनिक औषधि र खोपहरूको आविष्कार हुनुअघि संसारमा ठूलो संख्यामा मानिसहरूको अकालमै मृत्यु हुन्थ्यो । निमोनिया, क्षयरोग, घाउमा हुने सामान्य संक्रमण तथा अन्य संक्रामक रोगहरू नै मानव मृत्युका प्रमुख कारण थिए ।

सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिनको खोज गरे । त्यसपछि सन् १९४० को दशकमा फ्लोरे, चेन, सेल्मन वाक्सम्यानलगायत वैज्ञानिकहरूको योगदानबाट पेनिसिलिन र स्ट्रेप्टोमाइसिनजस्ता एन्टिबायोटिक औषधिहरू चिकित्सकीय प्रयोगमा आउन थाले । त्यसपछिका दशकहरूमा विभिन्न प्रकारका एन्टिबायोटिक, अन्य जीवनरक्षक औषधि र खोपहरूको आविष्कार तथा विकास हुँदै गयो ।

विगतको करिब एक शताब्दीमा चिकित्सा विज्ञानले गरेको यस अभूतपूर्व प्रगतिले संक्रामक रोगबाट हुने मृत्युमा उल्लेखनीय कमी ल्याएको छ । यसले लाखौं मानिसको जीवन बचाउनुका साथै मानव जीवनको औसत आयु बढाउन पनि महत्त्वपूर्ण योगदान गरेको छ ।

तर विडम्बना, आज हामीले यिनै अमूल्य औषधिको अनियन्त्रित, अनावश्यक र अविवेकी प्रयोग गरिरहेका छौं । विशेषगरी एन्टिबायोटिक औषधिहरू आवश्यक नभएको अवस्थामा प्रयोग गर्ने, चिकित्सकको सल्लाहबिना सेवन गर्ने, गलत औषधि छनोट गर्ने, अनुचित मात्रा वा अवधिसम्म प्रयोग गर्ने तथा औषधि बिक्री र प्रयोगमा उचित नियमन नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

समस्या एन्टिबायोटिकको दुरुपयोगले सिर्जना हुने किटाणुको प्रतिऔषधि प्रतिरोध क्षमता मात्रै होइन, दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोगले मानिसहरूका मिर्गौला, कलेजो बिग्रिन पुगेका छन्। यसको परिणामस्वरूप ब्याक्टेरियाहरूमा एन्टिबायोटिकविरुद्ध प्रतिरोधी क्षमता विकसित हुँदै गएको छ । अर्थात्, पहिले प्रभावकारी रहेका औषधिहरूले भविष्यमा सामान्य संक्रमणसमेत निको पार्न नसक्ने अवस्था सिर्जना हुँदै छ । यही प्रवृत्ति निरन्तर बढ्दै गयो भने सामान्य संक्रमणकै कारण मानिसहरूको मृत्यु हुने अवस्था आउन सक्छ । भविष्यमा मानव जातिले सामना गर्नुपर्ने अर्को ठूलो विश्वव्यापी संकट युद्ध वा महामारीका कारण मात्र नभई एन्टिबायोटिकले काम नगर्ने संक्रमणका कारण पनि उत्पन्न हुन सक्छ ।

यो भविष्यको सम्भावित स्वास्थ्य समस्या होइन, अहिले नै विश्वव्यापी रूपमा देखिइरहेको जनस्वास्थ्यको चुनौती हो । त्यसैले एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग, चिकित्सकको जिम्मेवारी, औषधि बिक्रीको प्रभावकारी नियमन, संक्रमण रोकथाम र जनचेतना वृद्धि आजको आवश्यकता हो ।

समस्या एन्टिबायोटिकको दुरुपयोगले सिर्जना हुने किटाणुको प्रतिऔषधि प्रतिरोध क्षमता मात्रै होइन, दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोगले मानिसहरूका मिर्गौला, कलेजो बिग्रिन पुगेका छन् । स्टेरोइड औषधिका कारण हड्डी र अन्य अवयवमा हानि पुगेको छ ।

अहिले औषधिहरूको गुणस्तर, सुरक्षा तथा स्थायित्वसम्बन्धी चिन्ता पनि बढ्दै गएका छन् । यही समयमा औषधिमा अत्यधिक नाफा कमाउने होड देखिएको छ । अन्य उपभोग्य वस्तुहरूजस्तै औषधिहरूको पनि विभिन्न व्यावसायिक रणनीति अपनाएर प्रचारप्रसार तथा बजारीकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ । यस्ता गतिविधिले चिकित्सकहरूको औषधि सिफारिस गर्ने व्यवहारलाई प्रभावित पार्न सक्छन् र अनावश्यक औषधि सिफारिस तथा आवश्यकताभन्दा बढी औषधि प्रयोग गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न सक्छन् । अन्तत: यसबाट बिरामीहरू अनावश्यक औषधिको सेवन गर्न बाध्य हुने मात्र होइन, आर्थिक शोषणको समेत सिकार हुन सक्छन् ।

यस्तो परिस्थितिले औषधि उद्योग, स्वास्थ्यकर्मी, फार्मासिस्ट, नियामक निकाय तथा नीति–निर्मातालगायत सबै सरोकारवालाबाट थप सचेतना, जिम्मेवारीबोध, पारदर्शिता र नैतिक प्रतिबद्धताको माग गर्छ ।

हामी सबैले सामूहिक रूपमा सुनिश्चित गर्नुपर्छ, औषधिहरू उपचार र स्वास्थ्यलाभका साधन बनून्, व्यावसायिक स्वार्थ र आर्थिक शोषणका माध्यम नबनून् । औषधिको मूल उद्देश्य नाफा कमाउनु होइन, मानव स्वास्थ्यको संरक्षण गर्नु र बिरामीलाई उपचार प्रदान गर्नु हो । त्यसैले औषधिको उत्पादनदेखि वितरण, सिफारिस र सेवनसम्मका हरेक चरणमा गुणस्तर, सुरक्षा र नैतिकता सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो ।

बिरामीहरू उपचारका लागि कुनै पनि चिकित्सा केन्द्र तथा स्वास्थ्य व्यवसायीकहाँ पुग्दा उनीहरूको स्वास्थ्य आवश्यकताभन्दा बाहिर गएर अनावश्यक, महँगा र खर्चिला निदानात्मक परीक्षण, औषधि तथा अन्य उपचार पद्धति सिफारिस गरिने प्रवृत्ति पनि देखिन्छ । यसले बिरामीमाथि अनावश्यक आर्थिक भार थप्नुका साथै स्वास्थ्य सेवाप्रतिको विश्वासमा समेत नकारात्मक असर पार्न सक्छ ।

उदाहरणका लागि, भिटामिन तथा विभिन्न पोषण पूरकको प्रयोगलाई लिन सकिन्छ ।  सामान्यतया सन्तुलित तथा पर्याप्त दैनिक आहार जस्तै: दाल, भात, तरकारी, फलफूल, दूध तथा अन्य पोषिलो खाद्यपदार्थ नियमित रूपमा सेवन गर्ने स्वस्थ व्यक्तिलाई विशेष अवस्थाबाहेक अतिरिक्त भिटामिन वा पोषण पूरकको आवश्यकता पर्दैन ।

समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब बिरामीको वास्तविक स्वास्थ्य आवश्यकता र वैज्ञानिक प्रमाणभन्दा पनि आर्थिक लाभ वा व्यावसायिक स्वार्थलाई प्राथमिकता दिई अनावश्यक भिटामिन, पोषण पूरक, औषधि तथा महँगा परीक्षणहरू सिफारिस गरिन्छन् । यस्तो अभ्यास चिकित्सा तथा स्वास्थ्य व्यवसायको व्यावसायिक नैतिकता, जिम्मेवारी र बिरामीप्रतिको कर्तव्यसँग मेल खाँदैन ।

नेपालमा चिकित्सकको प्रेस्क्रिप्सनबिना नै सिधै औषधि पसल या काउन्टरबाट समेत औषधिहरू बिक्री हुने गरेका छन् । यस्ता कार्य पूर्ण रूपमा बन्देज लगाउन सम्भव पनि छैन । तर औषधिको वर्गीकरण गरी नियमन गर्न जरुरी छ । चिकित्सा तथा स्वास्थ्य व्यवसायमा व्यावसायिक नैतिकता, पारदर्शिता र जवाफदेही कायम राख्न हामी सबै चिकित्साकर्मी तथा नियामक निकायहरू गम्भीर हुनुपर्ने भएको छ । किनकि, अन्तत: चिकित्सा सेवाको उद्देश्य नागरिकको स्वास्थ्य र जीवन रक्षा नै हो ।

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2625