Trending
Prev Story
Next Story

लगानी जुटेपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने

Ekantipur •
November 25, 2026 • 12:33 AM
11
11 reads 0 reactions

आईपीओ जारी गर्ने कम्पनीको वित्तीय अवस्था खुल्ने गरी बिक्री प्रबन्धकले भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने

लगानी जुटेपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने

आईपीओ जारी गर्ने कम्पनीको वित्तीय अवस्था खुल्ने गरी बिक्री प्रबन्धकले भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने

काठमाडौँ — नेपाल धितोपत्र बोर्डले जलविद्युत् कम्पनीहरूले आयोजना सर्वेक्षण गरेदेखि उत्पादन सुरु गर्दासम्मको अवस्थालाई सात चरणमा वर्गीकरण गरेर प्राथमिक सेयर निष्कासनको योग्यता तोक्न लागेको छ ।

बोर्डले तयार गरिरहेको ऊर्जा क्षेत्रका कम्पनीको आईपीओसम्बन्धी निर्देशिकामा आयोजनाको सर्वेक्षणदेखि उत्पादनसम्मको अवधिलाई सात चरणमा बाँडिएको छ ।

यसअनुसार आयोजनाको सर्वेक्षण अवधिलाई पहिलो चरण र नेपाल विद्युत् प्राधिकरणबाट बिजुली उत्पादन अनुमति पाएको अवस्थालाई दोस्रो चरणका रूपमा छुट्याइएको छ । पहिलो र दोस्रो दुवै चरणमा कम्पनीहरू आईपीओका लागि अयोग्य हुनेछन् ।

तेस्रो चरणबाट मात्रै कम्पनी आईपीओका लागि योग्य हुनेछन् । यो चरणमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट वित्तीय स्रोतको सुनिश्चितता गरिसकेको हुनुपर्नेछ । त्यसबाहेक यो चरणमा विद्युत् निमयन आयोगले तोकेको न्यूनतम प्रगति पुगे हुनुपर्ने भएको छ भने वित्तीय व्यवस्था तथा प्रगतिको प्रमाणीकरण पनि भएको हुनुपर्नेछ ।

आयोजना निर्माण चरणमा प्रवेश गरिसकेका कम्पनीलाई चौथो चरणमा वर्गीकरण गरिएको छ । यस चरणमा कम्पनीहरूको आयोजना निर्माण प्रगति र बाँकी लागतको मूल्यांकन भने हुनेछ ।

पाँचौं चरणमा भने परीक्षण र सञ्चालन तयारीमा रहेकाहरू रहनेछन् । छैटौं चरणमा आयोजनाहरू व्यावसायिक सञ्चालनमा आइसकेका हुनेछन् भने सातौंमा आयोजना सञ्चालनमा रहेकाहरूलाई राख्न लागिएको छ ।

सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका २०८३ को मस्यौदामा सेयर निष्कासन गर्नुअघि निरन्तर व्यवसाय सञ्चालन गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । तर यसरी व्यवसाय सञ्चालनको न्यूनतम अवधि निर्धारण गर्दा बोर्डले उद्योग वा क्षेत्रगत रूपमा फरक फरक मापदण्ड तोक्न सक्ने उल्लेख गरेको छ ।

यहीअनुसार बोर्डले जलविद्युत् कम्पनीहरूका लागि नयाँ मापदण्ड तोक्न लागेको हो । ‘यी चरणका आधारमा कम्पनीहरू आईपीओ निष्कासनका लागि योग्य हुन्छन् । तर सँगै आईपीओ जारी गर्ने तयारीमा रहेका जुनसुकै कम्पनीहरूको स्कोरिङ हुनेछ,’ बोर्डका अध्यक्ष गोपाल भट्टले भने ।

कम्तीमा ७० प्रतिशत स्कोर पाएका कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउने भट्टको भनाइ छ । यस्तो स्कोरिङका लागि कम्पनीहरूको कानुनी प्रक्रिया, हाइड्रो कम्पनीहरू भए प्रविधि आयातलगायत अवस्था, वित्तीय स्रोत जुटे–नजुटेको, वातावरणीय प्रभाव मूल्यांकन, संस्थागत सुशासनलगायतलाई आधार मानिने भएको छ ।

आईपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीका सेयर बिक्री प्रबन्धकले कम्पनीको वित्तीय अवस्था खुल्ने गरी भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गर्ने तयारी धितोपत्र बोर्डले गरेको छ ।

सरकारले यही २३ मंसिरमा गर्न लागेको दुईदिने पूर्वाधार सम्मेलनअघि नै यो निर्देशिका तयार गर्ने धितोपत्र बोर्डको योजना छ ।

धितोपत्र बोर्डले नयाँ निर्देशिकामार्फत कम्पनीहरूको योग्यता तोक्ने तयारी गरिरहे पनि नेटवर्थका विषयमा यसअघिदेखिको विवाद अझै नसल्टिने देखिएको छ ।

बोर्डले अहिले पनि प्रतिसेयर ९० नेटवर्थभन्दा कम भएका कम्पनीलाई आईपीओ नदिने नीति लिएको छ । ‘हामीले संघीय संसद्को लेखा समितिले दिएको निर्देशन उल्लंघन गर्न मिल्दैन,’ बोर्डका एक अधिकारीले भने, ‘त्यसैले प्रतिसेयर ९० रुपैयाँ नेटवर्थ हुनैपर्ने निर्देशन कम्पनीहरूले पूरा गर्नैपर्छ ।’

प्रतिसेयर एक सय रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ अनुमति दिने विषयमा लामो समयदेखि विवाद छ ।

१२ पुस २०८० मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिन निर्देशन दिएको थियो ।

केही बिमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको विषयमा परेको उजुरीको सुनवाइका क्रममा समितिले यस्तो निर्देशन दिएको थियो । पछि जेठ २०८२ मा प्रतिनिधिसभाको अर्थ समितिले बोर्डलाई कानुनी मापदण्ड पूरा गरेका कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।

प्रतिसेयर नेटवर्थलाई आईपीओ निष्कासन अनुमतिको मापदण्ड कानुनमा छैन । तर लेखा समितिको निर्देशितविपरीत रहेर निर्णय गर्न नसकिने बोर्डले उल्लेख गरेको छ ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
21h ago
५० प्रतिशत निर्माण सकिएपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने

५० प्रतिशत निर्माण सकिएपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने

५० प्रतिशत निर्माण सकिएपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने आईपीओ जारी गर्ने कम्पनीको वित्तीय अवस्था खुल्ने गरी बिक्री प्रबन्धकले भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने मंसिर ८, २०८३...

#जलविद्युत् #आईपीओ #जारी
Compare →
Nagarik News
1h ago
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्।

#जलविद्युत् #आयोजना
Compare →
Arthasansar
3h ago
आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

नेपाल धितोपत्र बोर्डमा दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको अनुमति माग्नेमा मिडिल मोदी...

#जलविद्युत् #आईपीओ
Compare →
Bizshala
2d ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#जलविद्युत् #आयोजना
Compare →
Onlinekhabar
5d ago
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

९ मंसिर, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो । शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस …

#जलविद्युत् #आयोजना
Compare →

Related Stories

Business & Economy
Build #2625