Trending
Prev Story
Next Story

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्छ: महासचिव पोखरेल

Nagarik News •
November 24, 2026 • 03:47 PM
11
11 reads 0 reactions

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गरिसक्नुपर्ने बताएका छन्।

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गरिसक्नुपर्ने बताएका छन्।

स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने उल्लेख गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने धारणा राखे।

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनको भनाइ छ।

प्रदेशको निर्वाचन आगामी मंसिरमा हुने स्थितिमा ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुन नसक्ने पोखरेलले उल्लेख गरे। त्यसो गरिएमा राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुने उनले बताए।

यस्तै, वर्तमान संविधान जनअधिकारका दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसका आधारभूत जग खलबल्याएर वा अधिकार कटौती गरेर नभई सुदृढीकरणका लागि मात्र आवश्यक संशोधन गर्न सकिने बताए।

प्रकाशित: ८ मंसिर २०८३ २१:३२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
21h ago
स्थानीय तहको निर्वाचन वैशाखभित्रै गरौं: एमाले महासचिव पोखरेल

स्थानीय तहको निर्वाचन वैशाखभित्रै गरौं: एमाले महासचिव पोखरेल

एमाले र नेकपाबीच चुनावी तालमेलबारे छलफल भइरहे पनि निष्कर्षमा नपुगेको महासचिव पोखरेलले बताए।

#निर्वाचन #तहको #वैशाखभित्रै
Compare →
Onlinekhabar
4d ago
एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

८ मंसिर, दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताएका छन् । यसका लागि उनले तोकिएकै समय निर्वाचन हुनुपर्ने बताएका हुन् । प्रेस चौतारी नेपाल दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको …

#निर्वाचन #पोखरेल #तहको
Compare →
Hamro Patro News
4d ago
बदर मत घटाउन प्रविधिमा जोड, स्थानीय र प्रदेश तहको निर्वाचनबारे दलहरूबिच छलफल

बदर मत घटाउन प्रविधिमा जोड, स्थानीय र प्रदेश तहको निर्वाचनबारे दलहरूबिच छलफल

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार निर्वाचन आयोगमा आयोजित छलफल कार्यक्रममा बोल्ने...

#निर्वाचन #तहको
Compare →
Bizshala
4d ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन #तहको
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2621