Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : फुटबल फाइनलका लागि खेलमैदानकाे अध्ययन सुरू

Ekantipur •
November 24, 2026 • 03:03 PM
14
14 reads 0 reactions

राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोली मंगलबार जुम्ला पुगेको हो । टोलीले कर्णाली प्राविधिक शिक्षालयको मैदान र नेपाली सेनाको गणभित्रको खेलमैदान प्रयोग गर्ने प्रस्ताव गरेको छ ।

दसौं राष्ट्रिय खेलकुद : फुटबल फाइनलका लागि खेलमैदानकाे अध्ययन सुरू

राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोली मंगलबार जुम्ला पुगेको हो । टोलीले कर्णाली प्राविधिक शिक्षालयको मैदान र नेपाली सेनाको गणभित्रको खेलमैदान प्रयोग गर्ने प्रस्ताव गरेको छ ।

जुम्ला — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुटबलतर्फका सेमिफाइनल र फाइनल खेलका लागि खेलमैदानको अध्ययन सुरु भएको छ ।

यही क्रममा राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोली मंगलबार जुम्ला पुगेको हो । टोलीले कर्णाली प्राविधिक शिक्षालयको मैदान र नेपाली सेनाको गणभित्रको खेलमैदान प्रयोग गर्ने प्रस्ताव गरेको छ ।

जुम्लामा खेलमैदान तथा व्यवस्थापनका लागि एसियाली तेक्वान्दो च्याम्पियनसिपकी गोल्ड मेडलिस्ट तथा तालिम तथा विकास केन्द्रका निर्देशक संगिना वैद्य, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जन, राष्ट्रिय खेलकुद परिषद्का उपसचिव विनोद उप्रेतीसहितको टोली जुम्ला पुगेको छ । प्राविधिक टोलीसँगै पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा दसौं राष्ट्रिय खेलकुद परिषद् आयोजक समिति सदस्य युद्धबहादुर शाही पनि जुम्ला पुगेका छन् ।

टोलीले नेपाली सेनाको परिमलाचौर मैदानमा रहेको खेलमैदान अवलोकन गरेको छ । यसैगरी प्रशिक्षण केन्द्रका लागि कर्णाली प्राविधिक शिक्षालयमा रहेको मैदानसमेत अवलोकन गरेको छ । टोलीले जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघ जुम्लासँग पनि भेटघाट गरेको छ ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता जुम्लामा हुने निर्णयसँगै जुम्ला तयारीमा जुटेको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेका अनुसार पत्रकारहरू र अखिल नेपाल फुटबल संघसँग छलफल भएको छ । मंगलबारदेखि जिल्ला स्तरीय प्रारम्भिक छलफल सुरु भएको छ । प्राविधिक टोलीले आफ्नो कामबारे जानकारी गराएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले खेल कसरी सफल बनाउने भन्ने विषयमा सबैको सहयोग आवश्यक रहेको बताए । जिल्ला खेलकुद विकास समिति जुम्लाले बुधबार स्थानीय सरकारसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक राख्नेछ ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा खेल सुरु भइसकेको परिषद्ले जनाएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुदका सेमिफाइनल र फाइनल जुम्लामा

दशौँ राष्ट्रिय खेलकुदका सेमिफाइनल र फाइनल जुम्लामा

खेल सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोलीले खेलमैदानको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनबारे सरोकारवालासँग छलफल गरेको छ।

#प्राविधिक #खेलकुद #जुम्ला
Compare →
Hamro Patro News
1d ago
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु

दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु

दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गै...

#खेलकुद #दसौं
Compare →

Related Stories

Sports
Build #2625