Trending
Prev Story
Next Story

तीन जिल्लामा प्रहरीको सर्च अभियान : ११ थान हतियारसहित दुई पक्राउ

Nagarik News •
November 24, 2026 • 01:30 PM
16
16 reads 0 reactions

तीनवटै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तीन जिल्लामा प्रहरीको सर्च अभियान : ११ थान हतियारसहित दुई पक्राउ

प्रहरीले तीन जिल्लाबाट एकै दिन ११ थान भरुवा बन्दुक बरामद गरेको छ। मकवानपुर र बझाङबाट एक-एक जना पक्राउ परेका छन् भने सल्यानको सामुदायिक वनबाट आठ थान बन्दुक बरामद भएका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिका-१, रातोमाटेमा प्रहरीले मंगलबार बिहान करिब ५ बजे ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङको घरमा चेकजाँच गरेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले घरको खाटमुनि बोराभित्र लुकाएर राखिएका चालु अवस्थामा रहेका दुई थान भरुवा बन्दुक फेला पारेको थियो। प्रहरीले बन्दुकसहित थिङलाई पक्राउ गरेको हो।

त्यस्तै, बझाङको केदारस्युँ गाउँपालिका-७, काँडाचौरका बहादुर धामीको घर तथा आँगनमा आजै बिहान करिब २ः३० बजे खानतलासी गर्दा घरनजिकै खरको कुन्यूमा लुकाइएको एक थान एकनाले भरुवा बन्दुक फेला परेको थियो। प्रहरीले बन्दुक बरामद गरी धामीलाई नियन्त्रणमा लिएको छ।

यता, सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१०, भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइएका आठ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले सात थान साबुत र एक थान बेसाबुत बन्दुक फेला पारेको हो।

बरामद गरिएका बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ। तीनवटै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १९:१५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1d ago
सल्यानमा ओडारमा लुकाएको आठ थान भरुवा बन्दुक बरामद

सल्यानमा ओडारमा लुकाएको आठ थान भरुवा बन्दुक बरामद

प्रहरीले बन्गाड कुपिण्डे–१० स्थित भवती सामुदायिक वनको ओडारबाट सात साबुत र एक बेसाबुत बन्दुक बरामद गरेको हो।

#बन्दुक #बरामद #थान
Compare →

Related Stories

National (Nepal)
Build #2625