Trending
Prev Story
Next Story

प्रदेशमै मतपत्र छाप्ने तयारी गर्दै निर्वाचन आयोग

Ekantipur •
November 24, 2026 • 01:33 PM
13
13 reads 0 reactions

जनक शिक्षा सामग्री केन्द्रभन्दा कम लागतमा मतपत्र छाप्न सक्ने निजी छापाखाना खोजिरहेको आयोगले स्थानीय तहमा प्रमुख–उपप्रमुख र वडाका पदाधिकारीका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने विकल्पमा पनि अध्ययन गरिरहेको छ ।

प्रदेशमै मतपत्र छाप्ने तयारी गर्दै निर्वाचन आयोग

जनक शिक्षा सामग्री केन्द्रभन्दा कम लागतमा मतपत्र छाप्न सक्ने निजी छापाखाना खोजिरहेको आयोगले स्थानीय तहमा प्रमुख–उपप्रमुख र वडाका पदाधिकारीका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने विकल्पमा पनि अध्ययन गरिरहेको छ ।

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभाको निर्वाचनका लागि प्रदेशमै मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले यसका लागि प्रदेशमा सम्भाव्यता खोजी थालिसकेको छ। सातै प्रदेशमा निजी क्षेत्रका छापाखानाहरूसँग मतपत्र छपाइको क्षमता र सम्भावनाबारे छलफल गरेको आयोगले जनाएको छ।

यसअघि निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइको काम गर्दै आएको थियो। प्रदेशमा रहेका छापाखानाहरूले जनक शिक्षाले भन्दा कम मूल्यमा भनेकै समयमा मतपत्र छाप्न सक्ने–नसक्ने विषयमा ती छापाखानासँग छलफल भएको आयोगका एक आयुक्तले बताए। आयोगले जनक शिक्षामा पर्ने छपाइ लागतभन्दा कम मूल्यमा छपाइ गर्न सक्ने छापाखाना खोजेको हो।

आयोगले ७ सय ५३ स्थानीय तहका लागि कुन–कुन स्थानबाट मतपत्र छाप्दा सहज हुन्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेको छ। आयोगले कोशी र मधेश प्रदेशका लागि विराटनगर, लुम्बिनी र गण्डकी प्रदेशका लागि पोखरा वा बुटवलबाट मतपत्र छपाइ गर्ने गरी अध्ययन गरिरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि नेपालगन्ज र बागमती प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मतपत्र छपाइ गर्ने विषयमा प्रारम्भिक छलफल गरिरहेको आयोग स्रोतको भनाइ छ।

अर्कोतर्फ, निर्वाचन आयोगले स्थानीय तहका लागि दुई किसिमको मतपत्र छाप्ने विषयमा पनि अध्ययन गरिरहेको छ। एउटै मतपत्र हुँदा ठूलो आकारको हुने र मतपत्र बदर हुने तथा गणना गर्न पनि धेरै समय लाग्ने भएकाले पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरूका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा पनि आन्तरिक छलफल गरिरहेको छ। स्थानीय तह निर्वाचन ऐनमा मतदानको १५ दिनअघि मात्र मतपत्र छपाइ गर्नुपर्ने प्रावधानले गर्दा पनि मतपत्र छपाइमा ढिलाइ र ढुवानीमा समस्या हुँदै आएकाले त्यो प्रावधानमा पनि विचार गर्नुपर्ने आयोगको बुझाइ छ।

स्थानीय तह निर्वाचनका लागि २ करोडभन्दा बढी मतपत्र चाहिने अनुमान छ। आगामी निर्वाचनका लागि विकेन्द्रीकृत मतपत्र छपाइ र फरक मतपत्रको विषयलाई लिएर आन्तरिक छलफल र परामर्शमा रहेको भए पनि राजनीतिक दलहरूसँग भने परामर्श गर्न बाँकी रहेको आयोगको भनाइ छ। निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनको मितिबारे राजनीतिक दलहरूसँग गत साता छलफल गरेको थियो।

दशरथ राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
जनक शिक्षालाई भ्याई नभ्याई : पाठ्यपुस्तक, मतपत्र, एसइईको प्रश्नपत्र, कक्षा १२ र लोकसेवाको उत्तरपुस्तिका एकै समयमा

जनक शिक्षालाई भ्याई नभ्याई : पाठ्यपुस्तक, मतपत्र, एसइईको प्रश्नपत्र, कक्षा १२ र लोकसेवाको उत्तरपुस्तिका एकै समयमा

–२० लाख पाठ्यपुस्तक छापेर सकियो –मतपत्र छाप्ने विषयमा प्रारम्भिक छलफल –समयमै सक्ने जनक शिक्षाको दाबी भक्तपुर। जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तकदेखि मतपत्र, एसइईको प्रश्नपत्र, कक्षा १२ र...

#मतपत्र #जनक
Compare →
Bizshala
2h ago
चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

काठमाडौं। अमेरिकाले विभिन्न देशबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ। यसबाट चीन, जापान,...

#तयारी
Compare →
Nagarik News
14h ago
स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्छ: महासचिव पोखरेल

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गरिसक्नुपर्ने बताएका छन्।

#निर्वाचन
Compare →
Onlinekhabar
4d ago
लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

९ मंसिर, काठमाडौं । लक्जेम्बर्ग- नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गमा आयोजना हुने ‘नेपाल-युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ …

#तयारी
Compare →

Related Stories

National (Nepal)
Build #2621