Trending
Prev Story
Next Story

सुदूरपश्चिममा ८४ प्रतिशत सवारी दुर्घटनाको कारण- चालक लापरबाही

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
17
17 reads 0 reactions

८ मंसिर, डोटी । सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार कात्तिक महिनामा यस प्रदेशमा साना ठुला गरी ३१२ सवारी दुर्घटना …

सुदूरपश्चिममा ८४ प्रतिशत सवारी दुर्घटनाको कारण- चालक लापरबाही

८ मंसिर, डोटी । सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार कात्तिक महिनामा यस प्रदेशमा साना ठुला गरी ३१२ सवारी दुर्घटना भएका छन् ।  ती दुर्घटनामध्ये २६२ अर्थात् झण्डै ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका प्रहरीको दाबी छ ।

प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको कात्तिक महिनाको अपराध तालिका अनुसार पैदल यात्रीको कारण १७ दुर्घटना भएका छन् ।

यस्तै, पशु चौपायका कारण ११, मादक पदार्थ सेवन गरेको कारण १०, सवारी सधानका कारण ८,  मौसमको कारण २, यात्रुको कारण १ र सडकको कारण १ दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यी सवारी दुर्घटनामा ४३२ सवारी साधन संलग्न भए ।

कात्तिक महिनामा सवारी दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ । दुर्घटनामा परी घाइते हुनेको संख्या ३८९ रहेको छ । प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा विभिन्न शीर्षकमा चार हजार पाँच सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीबाट ३४ लाख ६९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

कात्तिक महिनामा दशैं, तिहार र छठको अवसरमा देश–विदेशबाट घर फर्कने यात्रुहरूलाई सुरक्षाको प्रत्याभूति दिलाएको प्रहरीको दाबी छ । सवारी तथा अन्य दुर्घटनामा प्रहरी परिचलान गरी घाइतेहरूको तत्काल उद्दार गरी उपचारको लागि अस्पताल पठाउने कार्य गरिएको प्रहरीले जनाएको छ ।

कात्तिक महिनामा प्रहरीले विभिन्न मुद्दाका ६८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार विभिन्न अदालतहरूबाट कसुरदार ठहर भई फरार रहेका प्रतिवादीहरूलाई अदालतको फैसला कायान्वयनको सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका फरार प्रतिवादीबाट जम्मा १६ वर्ष नौ महिना चार दिन कैद सजाय भुक्तान हुनेछ ।

यस्तै, ४६ लाख २७ हजार ४८० रुपैयाँ जरिवाना समेत असुल हुने प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
भीमफेदी दुर्घटनाको प्रतिवेदनः चालकलाई दोष, सडक र नियामकलाई पनि जिम्मेवारी

भीमफेदी दुर्घटनाको प्रतिवेदनः चालकलाई दोष, सडक र नियामकलाई पनि जिम्मेवारी

छानबिन प्रतिवेदनमा सडकको बनावट, क्षमताभन्दा बढी यात्रु र विद्युतीय गाडी सञ्चालनसम्बन्धी प्राविधिक ज्ञानको कमीलाई पनि कारण मानिएको छ।

#दुर्घटना #चालक
Compare →
Nagarik News
1d ago
चार जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृ’त्यु, २ घाइते

चार जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृ’त्यु, २ घाइते

देशका विभिन्न चार जिल्लामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिराहा, धादिङ, कास्की र पर्सामा भएका ती दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

#सवारी #दुर्घटना
Compare →
Hamro Patro News
22h ago
११ सिटे गाडीमा २० यात्रु, थकित चालकले गुमाए नियन्त्रण

११ सिटे गाडीमा २० यात्रु, थकित चालकले गुमाए नियन्त्रण

८ मंसिर, काठमाडौं । २६ कात्तिकका दिन मकवानपुर भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान वा एकाग्रतामा आएको कमीका कारण भएको निष्कर्ष छानबिन प्रतिवेदनले निकालेको देखाएको छ । दुर्घटनाम...

#दुर्घटना #चालक
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#सुदूरपश्चिम
Compare →

Related Stories

World News
Build #2625