Trending
Prev Story
Next Story

चार जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृ’त्यु, २ घाइते

Nagarik News •
November 24, 2026 • 11:07 AM
22
22 reads 0 reactions

देशका विभिन्न चार जिल्लामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिराहा, धादिङ, कास्की र पर्सामा भएका ती दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

चार जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृ’त्यु, २ घाइते

देशका विभिन्न चार जिल्लामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिराहा, धादिङ, कास्की र पर्सामा भएका ती दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

सिराहाको कर्जन्हा नगरपालिका-१ उत्रायणीस्थित कमला नदीको किनारमा ग १ ख ९०१५ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मंगलबार दिउँसो भएको दुर्घटनामा धनुषाको सहिदनगर नगरपालिका-३ की अन्दाजी ३३ वर्षीया प्रमेश्वरी देवी पासवानको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी उनको फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते भएकी अर्की एक पैदलयात्रीको कमलामाई मेडिकल बन्दीपुरमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, धादिङको गल्छी गाउँपालिका-७ गल्छी बजारस्थित सडकमा बा ४ ख ६०५९ नम्बरको टिपरले बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा डडेल्धुराको अजयमेरू गाउँपालिका-४ का अन्दाजी २८ वर्षीय बरूण प्रसाद भट्ट छन्। गम्भीर घाइते भएका उनको बैरेनी अस्पताल, बैरेनीमा उपचारका क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका-३२ मजुवास्थित सडकमा ग १७ प ३५७३ नम्बरको स्कुटर मंगलबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका-११ का ६१ वर्षीय माधव प्रसाद शर्माको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

यता, पर्साको वीरगञ्ज महानगरपालिका-२५ मौजे सिर्सियास्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया पैदलयात्री राधिका देवीको मंगलबार दिउँसो मृत्यु भएको छ।

गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १६:५२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
झापामा सिटी सफारी र स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

झापामा सिटी सफारी र स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

सोमबार शिवसताक्षीमा सिटी सफारी र आइतबार मेचीनगरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Hamro Patro News
3d ago
भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भएको सडक दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । खाटुश्यामको दर्शन गरी महाराष्ट्र फर्किने क्रममा १६ जना सवार गाडी शम्भुपुरा ...

#दुर्घटना #मृत्यु #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2625