Trending
Prev Story
Next Story

पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती

Nagarik News •
November 24, 2026 • 11:09 AM
19
19 reads 0 reactions

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।

पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले आफूविरुद्ध हुने कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका हुन्।

व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको थापाको भनाइ छ।

‘व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ। तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो,’ उनले भने, ‘पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन।’

उनले आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने बताए।

‘नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,’ थापाले भने। कानुनानुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई आग्रह गर्दै उनले राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न चेतावनी दिए। राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनको भनाइ छ।

सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उल्लेख गर्दै थापाले राजाको शासनकालदेखि नै राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे।

विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताउँदै उनले राजाको शासनकालमा एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा निकै दुःख पाएको सुनाए।

कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले बताए।

बैठकमा सभापति थापाले पार्टीको १५औं महाधिवेशनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म पाँचपटक भेट भएको जानकारी दिए। प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटघाट हुँदै आएको उनको भनाइ छ।

मधेस प्रदेश सरकारको समीकरणका विषयमा भने एमाले अध्यक्ष ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पुनः छलफल गर्नुपर्ने थापाले बताए।

प्रकाशित: ८ मंसिर २०८३ १६:५४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेसको नयाँ कार्यसमिति अद्यावधिक

निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेसको नयाँ कार्यसमिति अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरेको छ ।

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
4h ago
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

आयोगको मंगलबारको बसेको बैठकले थापा नेतृत्वको कांग्रेस अद्यावधिक गरेको हो ।

#गगन-थापा #गगन #थापा
Compare →
Onlinekhabar
5d ago
कांग्रेस रास्वपाभित्रको कचकच र उपद्रोमा प्रवेश गर्दैन : गगन थापा

कांग्रेस रास्वपाभित्रको कचकच र उपद्रोमा प्रवेश गर्दैन : गगन थापा

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ रास्वपाभित्रको समस्यामा कांग्रेस प्रवेश नगर्ने बताएका छन् । मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो कुरा पार्टीको महाधिवेशन सम्बन्धी दस्ताबेजमा उल्लेख गरेको …

#गगन-थापा #गगन #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2625