Trending
Prev Story
Next Story

कुस्माको ‘द क्लिफ’ लगातार चौथो वर्ष सर्वाधिक कर तिर्ने करदाता

Ekantipur •
November 24, 2026 • 12:34 PM
13
13 reads 0 reactions

यसअघि आर्थिक वर्ष २०७७/७८, २०७९/८० र २०८०/८१ मा पनि सबैभन्दा बढी कर तिरेर द क्लिफ उत्कृष्ट करदाता बनेको थियो ।

कुस्माको ‘द क्लिफ’ लगातार चौथो वर्ष सर्वाधिक कर तिर्ने करदाता

यसअघि आर्थिक वर्ष २०७७/७८, २०७९/८० र २०८०/८१ मा पनि सबैभन्दा बढी कर तिरेर द क्लिफ उत्कृष्ट करदाता बनेको थियो ।

काठमाडौँ — साहसिक पर्यटनको गन्तव्य बनेको कुस्माको ‘द क्लिफ’ लगातार चार वर्षदेखि बागलुङमा सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ । आन्तरिक राजस्व कार्यालय बागलुङले द क्लिफलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो । द क्लिफले आर्थिक वर्ष २०८१/८२ मा  २८ लाख १२ हजार ३ सय ४३ रुपैयाँ कर तिरेको छ । यसअघि आर्थिक वर्ष २०७७/७८, २०७९/८० र २०८०/८१ मा पनि सबैभन्दा बढी कर तिरेर द क्लिफ उत्कृष्ट करदाता बनेको थियो ।

उत्कृष्ट करदाताका रूपमा सम्मानित द क्लिफका कार्यकारी निर्देशक राजनकुमार जोशीले कम्पनी नाफा कमाउने संस्थाका रूपमा मात्र नभई साहसिक पर्यटनको गन्तव्यका रूपमा समेत स्थापित भएको बताए । ‘हामी सधैं उत्कृष्ट करदाता बन्न चाहन्छौं,’ उनले भने, ‘पारदर्शी संस्था बनेर राज्यलाई योगदान गर्ने र व्यवसाय पनि प्रवर्द्धन गर्न चाहन्छौं।’ द क्लिफले झन्डै ५० करोड रुपैयाा लगानी गरेको छ भने एक सयजनाभन्दा बढीलाई रोजगारी दिएको छ ।’

बन्जी, स्विङ, मेगा ट्रोललगायत दर्जनभन्दा बढी साहसिक खेलमार्फत पर्यटक आकर्षित गर्न द क्लिफले योगदान पुर्‍याएको छ । पछिल्लो समय युवा पुस्ता साहसिक खेलप्रति आकर्षित हुादै गएको छ । मुस्ताङ जाने विदेशी पर्यटकका लागि पनि यो आकर्षक गन्तव्य बन्दै गएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#करदाता #उत्कृष्ट
Compare →
Onlinekhabar
1w ago
सीजी इम्पेक्स र नबिल बैंकलाई उत्कृष्ट करदाता सम्मान

सीजी इम्पेक्स र नबिल बैंकलाई उत्कृष्ट करदाता सम्मान

१ मंसिर, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर सरकारबाट उत्कृष्ट करादाताका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले …

#करदाता #उत्कृष्ट
Compare →
Hamro Patro News
1w ago
राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता...

#करदाता #उत्कृष्ट
Compare →
Nagarik News
1w ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#करदाता #उत्कृष्ट #तिर्ने
Compare →
Bizshala
1w ago
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा...

#करदाता
Compare →

Related Stories

Business & Economy
Build #2621