कुटपिटमा संलग्न व्यक्तिहरूको खोजीका क्रममा प्रहरीले थिङको घर जाँच्दा बोरामा लुकाइएका बन्दुक फेला पारेको हो।
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–१ रातोमाटेबाट दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–१ रातोमाटे निवासी ३५ वर्षीय पञ्चबहादुर थिङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउ गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले थिङको घरमा जाँच गरेको थियो ।
सो क्रममा घरभित्र खाटमुनि बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा दुई थान चालु अवस्थाका भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता माधव काफ्लेले बताए ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।