Trending
Prev Story
Next Story

११ र १२ डिसेम्बरमा एनआरएनए नवौं मध्यपूर्व सम्मेलन कतारमा हुने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
21
21 reads 0 reactions

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय समितिले कतार दोहामा नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना गर्ने भएको छ । ‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ भन्ने नारासहित आगामी ११ …

११ र १२ डिसेम्बरमा एनआरएनए नवौं मध्यपूर्व सम्मेलन कतारमा हुने

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय समितिले कतार दोहामा नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना गर्ने भएको छ ।

‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ भन्ने नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा प्रतिनिधिसभा सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सहित विभिन्न राजनीतिक दलका सांसद तथा प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको छ ।

नेपाली श्रमिकले मध्यपूर्वमा भोगिरहेका समस्या र उठाउनुपर्ने नीतिगत विषयलाई नेपालको संसद् र सरकारसम्म पुर्‍याउने उद्देश्यले विभिन्न दलका प्रतिनिधिलाई सम्मेलनमा सहभागी गराउन लागिएको श्रेष्ठले बताए ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता जगदीश खरेल, नेपाली कांग्रेसकी प्रमुख सचेतक सुशीला थापा, नेकपाका रमेश मल्ल तथा राष्ट्रिय सभा सदस्य एवं एमाले प्रमुख सचेतक रोशनी मेचे लगायत सहभागी हुनेछन् ।

सम्मेलनमा आठ विषयगत सत्र सञ्चालन गरिनेछन् । सम्मेलनको मुख्य जोड सुरक्षित श्रम र भविष्यको सम्भावनामा रहने श्रेष्ठले बताए ।

‘हामीले मध्यपूर्वमा श्रमिकका समस्या र चुनौतीबारे मात्रै चर्चा गर्दै आएका छौं, तर श्रमिकका रूपमा आएका नेपालीले यहीँ व्यवसाय गरेर सफलता हासिल गरेका उदाहरण पनि छन्,’ उनले भने, ‘ती सकारात्मक र सफलताका कथा पनि बाहिर ल्याउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’

सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, वैदेशिक रोजगारी व्यवस्थित र मर्यादित बनाउने उपाय तथा श्रमिकका अधिकारका विषयमा छलफल हुनेछ ।

त्यस्तै मध्यपूर्वमा रहेका नेपाली डायस्पोरालाई नेपालको विकास र आर्थिक समृद्धिसँग जोड्ने तथा उनीहरूको लगानी नेपाल भित्र्याउने विषय पनि सम्मेलनको प्राथमिकतामा रहने छ ।

मध्यपूर्वमा करिब २५ लाख नेपाली रहेको सन्दर्भमा नेपाल र मध्यपूर्वबीचको सम्बन्ध श्रम आप्रवासनमा मात्रै सीमित नराखी पर्यटन तथा आर्थिक साझेदारी मार्फत विस्तार गर्ने विषयमा पनि छुट्टै सत्र राखिएको श्रेष्ठले बताए ।

नेपालबाट मध्यपूर्वसँग पर्यटन र अन्य आर्थिक गतिविधि मार्फत कसरी सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

त्यसैगरी मध्यपूर्वमा श्रमिकका रूपमा पुगेका नेपालीले व्यवसाय विस्तार गर्दै हजारौंलाई रोजगारी दिने हैसियत बनाएका सफलताका कथा समेटेर प्रेरणादायी सत्र सञ्चालन गरिने छ । महिला तथा युवापुस्ताका मुद्दालाई पनि सम्मेलनमा छुट्टाछुट्टै सत्रमार्फत उठाइने आयोजकले जनाएको छ ।

‘सधैं श्रमिकका समस्या मात्रै उठाउने होइन, श्रमिक भएर मध्यपूर्व आएका नेपालीले हासिल गरेका सफलता र सम्भावनालाई पनि देखाउनुपर्छ, यसले यहाँ कार्यरत नेपालीलाई प्रेरणा दिन्छ,’ श्रेष्ठले भने ।

सम्मेलनका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले आर्थिक सहयोग गरेका छन् । उनले सम्मेलनमा इभेन्ट पार्टनरका रूपमा सहयोग गरेका हुन् ।

सम्मेलनको उद्देश्य मध्यपूर्वमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै सुरक्षित श्रम आप्रवासन, लगानी, पर्यटन, महिला सशक्तीकरण र युवा सहभागिताका विषयमा साझा धारणा निर्माण गर्नु रहेको संयोजक श्रेष्ठले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एनआरएनएको मध्यपूर्व सम्मेलनको तयारी तीव्र: सभामुख अर्याल प्रमुख अतिथि

एनआरएनएको मध्यपूर्व सम्मेलनको तयारी तीव्र: सभामुख अर्याल प्रमुख अतिथि

‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन आयोजना हुन लागेको हो।

#मध्यपूर्व #सम्मेलन #एनआरएनए
Compare →
Hamro Patro News
1w ago
एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री यादवलाई निमन्त्रणा

एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री यादवलाई निमन्त्रणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग शिष्टाचार भेटघाट गरेका छन्। आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा ...

#मध्यपूर्व #सम्मेलन #एनआरएनए
Compare →
Ekantipur
1w ago
कतारमा एनआरएनको मध्यपूर्व सम्मेलन हुँदै

कतारमा एनआरएनको मध्यपूर्व सम्मेलन हुँदै

सम्मेलनले नेपाली श्रमिकसँग जोडिएको श्रम आप्रवासनको सवाललाई नीतिगत तहमा नै हस्तक्षेप गर्न विश्वास आयोजकले लिएको छ ।

#मध्यपूर्व #सम्मेलन #कतार
Compare →
Bizshala
1w ago
इरानमाथि फेरि युद्धको खतरा, मध्यपूर्वमा अमेरिकाका तीन शक्तिशाली विमानवाहक युद्धपोत तैनाथ, थप १० हजार सैनिक पठाउने तयारी

इरानमाथि फेरि युद्धको खतरा, मध्यपूर्वमा अमेरिकाका तीन शक्तिशाली विमानवाहक युद्धपोत तैनाथ, थप १० हजार सैनिक पठाउने तयारी

काठमाण्डौ । इरानसँगको युद्ध फेरि व्यापक बन्न सक्ने आशंका बढिरहेका बेला अमेरिकाले मध्यपूर्वमा अभूतपूर्व सैन्य शक्ति...

#मध्यपूर्व
Compare →

Related Stories

Politics & Governance
Build #2625