Trending
Prev Story
Next Story

जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
16
16 reads 0 reactions

८ मङ्सिर, बेइजिङ (रासस/एएफपी) । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । गोल्ड वाल प्रेसद्वारा सञ्चालित अनलाइन …

जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

८ मङ्सिर, बेइजिङ (रासस/एएफपी) । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

गोल्ड वाल प्रेसद्वारा सञ्चालित अनलाइन खातामा प्रकाशित विवरणअनुसार ‘मा’ उपनामका ती अधिकारी विदेशमा कार्यरत रहँदा ‘काइलिन’ नामका विदेशी गुप्तचरको सम्पर्कमा पुगेका थिए । सुरुमा चिनियाँ भाषा सिक्ने बहानामा भेटेका काइलिनले पछि संवेदनशील राजनीतिक विषय र विदेशमा रहेका चिनियाँ संस्थाका गतिविधिबारे सूचना माग्न थालेका थिए ।

काइलिनले अर्का व्यक्तिमार्फत सहयोग नगरे सूचना चुहाएको विषय सार्वजनिक गरिदिने धम्की दिएपछि मा जासुसी गर्न सहमत भएको प्रतिवेदनमा उल्लेख छ । उहाँले गोपनीयता र वफादारीसम्बन्धी सर्तसहितको सम्झौतामा हस्ताक्षर गरी मासिक रकम र सूचना आदानप्रदानका लागि ल्यापटप प्राप्त गरेका थिए।

विदेशको कार्यकाल सकेर चीन फर्किएपछि पनि उनले गोप्य कागजातबाट सूचना सङ्कलन गरी जासुसी वेबसाइटमार्फत पठाउने गरेको विवरणमा जनाइएको छ । यस क्रममा उनले सयभन्दा बढी सूचना चुहाएको र ३५ वटा सूचना उपलब्ध गराएबापत १० लाख युआनभन्दा बढी रकम लिएको अदालतले ठहर गरेको बताइएको छ ।

तर, मृत्युदण्डको सजाय कहिले र कुन अदालतले सुनाएको हो तथा कार्यान्वयन भइसकेको छ वा छैन भन्ने विवरण सार्वजनिक गरिएको छैन । चिनियाँ अदालतले राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दाका विवरण विरलै सार्वजनिक गर्ने गरेका छन् । प्रतिवेदनले जासुसीमा भावनात्मक प्रभाव र ब्ल्याकमेलजस्ता उपाय बढ्दो रूपमा प्रयोग हुन थालेकाले सचेत रहन आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एलिसले चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग एक वर्षभन्दा बढी सम्पर्क राखेको प्रतिवेदनमा उल्लेख छ।

#अधिकारी #चिनियाँ
Compare →
Bizshala
1w ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#चिनियाँ
Compare →
Hamro Patro News
1w ago
१ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

१ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

मलद्वारभित्र प्लास्टिकले बेरेर सुनजस्तो देखिने पदार्थ लुकाएर ल्याएका एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्...

#चिनियाँ
Compare →
Nagarik News
1w ago
मलद्वारमा लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

मलद्वारमा लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०३ ग्राम ७७० मिलिग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

#चिनियाँ
Compare →

Related Stories

Politics & Governance
Build #2625