अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा ‘फ्ल्याग’ (रोक्का संकेत) लगाइएको भन्दै विमान चढ्न नदिएको सौरभले बताए
नयाँ दिल्ली — भारतमा कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरभ दासलाई सरकारले बेलायत जान रोक लगाएको छ । आफूलाई बेलायत जानबाट नयाँदिल्ली विमानस्थलमा रोकिएको आरोप उनले लगाए ।
अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा ‘फ्ल्याग’ (रोक्का संकेत) लगाइएको भन्दै विमान चढ्न नदिएको उनले बताए। गत मेईमा सामाजिक सञ्जालमार्फत घोषणा भएको कक्रोच आन्दोलन अहिले भारतभर फैलिएको छ ।
सीजेपीको ब्यानरमा देशभरका युवाहरुले सुशासन र जवाफदेहिताको माग गर्दै सरकारविरोधी आन्दोलन गरेका छन् ।
आन्दोलनबारे अक्सफोर्ड, क्याम्ब्रिज, एलएसई र एडिनबर्गजस्ता प्रतिष्ठित विश्वविद्यालयमा सम्बोधन गर्न निम्त्याइए पनि सरकारले डराएर आफूलाई रोकेको दासले सामाजिक सञ्जालमार्फत आरोप लगाएका छन्।
गत जुलाईमा परीक्षा अनियमितताविरुद्ध सीजेपीले गरेको प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिनुपरेको थियो। एक महिनाअघि प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै भएको प्रदर्शनमा समेत दास पक्राउ परेका थिए।
आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको बताउने गरेका छन्।