इंग्ल्यान्डका ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरेको खेलमा श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ ।
काठमाडौँ — इंग्ल्यान्डका ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरेको खेलमा श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ ।
ब्रुकले २ सय २ रनको योगदान गरेपछि इङल्याण्डले श्रीलंकालाई ४ सय ३० रनको लक्ष्य दिएको थियो । तर श्रीलंकाले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरी दुई विकेटको जित हात पारेको हो ।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाका लागि पवन रत्नायकेले १ सय ३० रन बनाए भने अविष्का फर्नान्डो र दसुन सनाकाले समान ९७ रनको योगदान गरेका थिए ।
श्रीलंकाले निरन्तर आवश्यक रनरेट कायम राख्दै अन्तिम १० ओभरमा जितका लागि १ सय ९ रन बनाउनुपर्ने अवस्थामा पुगेको थियो । रत्नायके र सनाकाको विकेट गुमाएपनि श्रीलंकाले लक्ष्य पछ्याएको थियो ।
अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि आठ रन आवश्यक थियो । इंग्ल्यान्डका जोस टङले बलिङ गरेको ओभरमा लगातार दुई बलमा दिनुथ वेल्लालागे र इशान मलिङ्गालाई बोल्ड गर्दै खेल रोमाञ्चक बनाएका थिए ।
तर, अन्तिम क्षणमा श्रीलंकाका जनिथ लियानागेले खेल अन्त्य गरेका थिए । उनले ६१ रन जोडेर टोलीको जितमा साथ दिएका हुन् ।