Trending
Prev Story
Next Story

बालाजु क्षेत्रकै सर्वाधिक आयकर तिर्ने कम्पनी बन्यो सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड

Bizshala •
November 24, 2026 • 08:06 AM
10
10 reads 0 reactions

काठमाण्डौ । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि उत्कृष्ट करदाताका रूपमा...

बालाजु क्षेत्रकै सर्वाधिक आयकर तिर्ने कम्पनी बन्यो सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड

काठमाण्डौ । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरेबापत उक्त सम्मान प्राप्त गरेको हो।

राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुले आयोजना गरेको विशेष समारोहमा कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो।

राज्यको राजस्व संकलन तथा मुलुकको आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै कम्पनीलाई सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

कम्पनीले करसम्बन्धी नीति तथा कानुनको पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

यस सम्मानले आगामी दिनमा थप जिम्मेवार र पारदर्शी ढंगले लगानी तथा वित्तीय सेवा विस्तार गर्न प्रेरणा मिलेको कम्पनीको भनाइ छ।

सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले समेत विगतमा विभिन्न क्षेत्रबाट उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्दै आएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
म्यानचेस्टर सिटी र नेपोलीबिच २-२ गोलको रोमाञ्चक बराबरी

म्यानचेस्टर सिटी र नेपोलीबिच २-२ गोलको रोमाञ्चक बराबरी

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको रोमाञ्चक खेलमा म्यानचेस्टर सिटी र इटालियन क्लब नेपोलीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा दुवै टोलीले...

#सिटी
Compare →
Ekantipur
2d ago
झापामा सिटी सफारी र स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

झापामा सिटी सफारी र स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

सोमबार शिवसताक्षीमा सिटी सफारी र आइतबार मेचीनगरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

#सिटी
Compare →
Onlinekhabar
1w ago
आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

१ मंसिर, काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई …

#सर्वाधिक #तिर्ने
Compare →
Arthasansar
1w ago
सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर...

#आयकर #तिर्ने
Compare →
Nagarik News
1w ago
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ।

#सर्वाधिक #बन्यो
Compare →

Related Stories

Business & Economy
Build #2625