Trending
Prev Story
Next Story

तमिल नाडूविरुद्ध प्रियान्श आर्याले बनाए कीर्तिमानी १८१ रन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions 4 comments

८ मंसिर, काठमाडौं । भारतिय ब्याटर प्रियान्श आर्याले घरेलु टी–२० प्रतियोगिता सैयद मुस्ताक अली ट्रफीमा कीर्तिमानी ब्याटिङ प्रदर्शन गरेका छन्। तमिल नाडूविरुद्ध ६८ बलमा १८१ रन बनाएका उनले पुरुष टी–२० क्रिकेट इतिहासकै दोस्रो ठूलो व्यक्तिगत …

तमिल नाडूविरुद्ध प्रियान्श आर्याले बनाए कीर्तिमानी १८१ रन

८ मंसिर, काठमाडौं । भारतिय ब्याटर प्रियान्श आर्याले घरेलु टी–२० प्रतियोगिता सैयद मुस्ताक अली ट्रफीमा कीर्तिमानी ब्याटिङ प्रदर्शन गरेका छन्। तमिल नाडूविरुद्ध ६८ बलमा १८१ रन बनाएका उनले पुरुष टी–२० क्रिकेट इतिहासकै दोस्रो ठूलो व्यक्तिगत स्कोर बनाएका हुन्।

दिल्लीको कप्तानी गरिरहेका २५ वर्षीय ओपनर आर्याले १९ छक्का र ७ चौका प्रहार गर्दै १८१ रन बनाएका हुन्। उनी पुरुष टी–२० क्रिकेटमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने भारतीय खेलाडी बनेका छन्। यसअघि सन् २०२१ मा किरण नागभिरेले ७६ बलमा बनाएको अविजित १६२ रन भारतीय खेलाडीको उच्च स्कोर थियो।

आर्या समग्र टी–२० क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमानबाट सात रनले चुके। दक्षिण अफ्रिकाका लुआन ड्रे प्रिटोरियस ले गत महिना सीएसए टी–२० च्यालेन्जमा १८८ रन बनाउँदै कीर्तिमान कायम गरेका थिए।

आर्याले १८ बलमै अर्धशतक पूरा गरेका थिए। दिल्लीले पावरप्लेमा एक विकेट गुमाएर ९४ रन बनाएको थियो। उनले ३६ बलमा शतक पूरा गर्दै थप २४ बलमा १५० रन कटाएका थिए। उनको १९ छक्कासँगै टी–२० क्रिकेटको एक इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानमा फिन एलेनसँग बराबरी भएको छ।

एम सिद्धार्थको बलमा चौका र त्यसपछि छक्का प्रहार गर्दै आर्याले क्रिस गेलको १७५ रनको कीर्तिमानसमेत उछिनेका थिए। गेलले बनाएको उक्त स्कोर झन्डै १३ वर्षसम्म टी–२० क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरका रूपमा रहेको थियो।

आर्याको विस्फोटक ब्याटिङमा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २७५ रन बनायो। यो सैयद मुस्ताक अली ट्रफीको इतिहासमा संयुक्त रूपमा तेस्रो ठूलो योगफल हो।

आईपीएलमा पञ्जाब किंग्सबाट खेल्ने आर्या सन् २०२७ को अक्सनअघि टोलीमा रिटेन भएका थिए। उनले सन् २०२६ को आईपीएलमा पनि आक्रामक ओपनिङ गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

दिल्ली जारी प्रतियोगितामा राम्रो लयमा छ। टोलीले खेलेका ६ मध्ये पाँच इनिङ्समा २०० भन्दा बढी रन बनाएको छ। सौराष्ट्रविरुद्ध मात्रै २०० रन बनाउन नसकेको दिल्लीले त्यही खेलमा हार बेहोरेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा नयाँ कीर्तिमान बनाएका छन्। सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले लुम्बिनी लायन्सविरुद्ध फाइनलमा अविजित १२५ रन बनाउँदै एनपीएल ...

#बनाए
Compare →
Nagarik News
3h ago
लुटपाट गर्न आएकाहरूले २० जनालाई बनाए बन्धक, ४५ मिनेट विमानस्थल ठप्प

लुटपाट गर्न आएकाहरूले २० जनालाई बनाए बन्धक, ४५ मिनेट विमानस्थल ठप्प

कोलम्बियाको कार्टाजेना शहरमा नगद बोकेको बख्तरबन्द गाडी लुट्ने प्रयास गरेका अपराधीहरूले सुपरमार्केटभित्र प्रवेश गरी २० जनालाई बन्धक बनाएका छन्।

#बनाए
Compare →
Ekantipur
15h ago
सूर्यवंशीले बनाए ५३ बलमा २ सय ४ रन

सूर्यवंशीले बनाए ५३ बलमा २ सय ४ रन

निर्दयीरुपमा ब्याटिङ गरेका १५ वर्षे भारतीय ब्याटरले बनाए लिस्ट ‘ए’ मान्यता खेलमा सबैभन्दा कम बलमा दोहोरो शतकको कीर्तिमान

#बनाए
Compare →

Related Stories

Sports
Build #2621