Trending
Prev Story
Next Story

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

Bizshala •
November 24, 2026 • 07:35 AM
13
13 reads 0 reactions

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन्।...

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन्। बंगलादेशमा उक्त दिन विजय दिवस मनाइन्छ। सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार मंगलबार स्वदेश फर्किने मिति सार्वजनिक गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग राष्ट्रिय ध्वजावाहक विमानमार्फत आफ्नो स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन आग्रह गरेकी छन्।

हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले जारी गरेको वक्तव्यमा भनिएको छ, “५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशको विमानमार्फत भारत ल्याइएको थियो। अब उहाँले सरकारसँग दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ।”

हसिनाका सहयोगी अबु ओबैदा अरिनले विजय दिवसकै दिन स्वदेश फर्किने मिति रोज्नु अर्थपूर्ण रहेको बताएका छन्। उनले हसिनाको नेतृत्वमा बंगलादेश पुनः शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन्।

विद्यार्थी आन्दोलन चर्किएपछि १५ वर्ष लामो शासन छाडेर हसिना ५ अगस्ट २०२४ मा भारत गएकी थिइन्। उक्त आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारीको मृत्यु भएको थियो।

मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको थियो। उनले उक्त फैसला अस्वीकार गर्दै बंगलादेश फर्किएपछि आफ्नो पक्ष प्रस्तुत गर्ने बताएकी छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने,  विमान पठाउन सरकारसँग अपिल

शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

८ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले १६ डिसेम्बरमा भारतबाट आफ्नो देश फर्कने घोषणा गरेकी छन् । १६ डिसेम्बरको दिनलाई बंगलादेशमा विजय दिवसको रूपमा मनाइन्छ । पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यसै दिन बंगलादेशले …

#हसिना #बंगलादेश #शेख
Compare →
Nagarik News
1d ago
हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन्।

#हसिना #बंगलादेश #डिसेम्बर
Compare →
Ekantipur
1d ago
'विजय दिवस' को अवसर पारेर स्वदेश फर्कने शेख हसिनाको योजना

'विजय दिवस' को अवसर पारेर स्वदेश फर्कने शेख हसिनाको योजना

पाकिस्तानसँगको सन् १९७१ को मुक्ति युद्ध अन्त्य भएको दिन अर्थात् 'विजय दिवस' को अवसर पारेर हसिना फर्किन लागेको उनका प्रवक्ताले मंगलबार रोयटर्सलाई जानकारी दिएका छन्

#हसिना #स्वदेश #शेख
Compare →
Hamro Patro News
3d ago
बंगलादेशमा हसिना समर्थकका ५० घरमा आगजनी

बंगलादेशमा हसिना समर्थकका ५० घरमा आगजनी

बंगलादेशमा हिंसा रोकिने कुनै संकेत देखिएको छैन। यस क्रममा नरैल जिल्लामा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका नेता, पूर्व सांसद र समर्थकका लगभग ५० घर तथा पसलमा आगजनी गरिएको छ। यो घटना...

#हसिना #बंगलादेश
Compare →

Related Stories

Politics & Governance
Build #2621