Trending
Prev Story
Next Story

नेपालको विपद्‌पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्छौं : चीन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
12
12 reads 0 reactions

८ मंसिर, काठमाडौं । चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका …

नेपालको विपद्‌पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्छौं : चीन

८ मंसिर , काठमाडौं । चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

हालैको बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाएको , जसमा चीनले सहयोग गर्ने सङ्केत गरे पनि रकम नतोकेको तथा थप पूर्वसूचना र जलवायु तथ्याङ्क आदानप्रदान गर्न सहमत भएको भन्ने विवरणमाथि रोयटर्सले चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया मागेको थियो।

जवाफमा प्रवक्ता गुओले विपद्‌ले ठूलो क्षति पुर्‍याएको र पुनर्निर्माणमा विशाल चुनौती रहेको उल्लेख गर्दै चीनले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र नेपालको पीडामा साथ रहेको बताए। ‘ यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न र काम तथा जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्नेछ ,’ उनले भने।

प्राकृतिक विपद्‌बाट सिर्जित जोखिम र चुनौतीहरूको अझ राम्रोसँग सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नसमेत चीनले सघाउने प्रवक्ता गुओले उल्लेख गरे।

चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको बताउँदै उनले नेपालको उत्तरी क्षेत्रमा गएको ठूलो गेग्रानको बाढी विपद्‌लगत्तै चीनले प्रभावित क्षेत्रका लागि तत्काल आपत्कालीन सहायता घोषणा गरी अन्तर्राष्ट्रिय उद्धार सहकार्य गरेको स्मरण गरे।

उनका अनुसार चिनियाँ सरकारले नेपाललाई नगद सहायता र पाँच खेप आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो। त्यस्तै , सुरुङ उद्धार र विधि विज्ञान पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ पठाउनुका साथै मौसम , जल तथा भूगर्भसम्बन्धी अवस्थाको तथ्याङ्क निरन्तर आदानप्रदान गरेको उनले जानकारी दिए।

साथै , चीनका विभिन्न क्षेत्रका नागरिकले समेत सहयोगको हात अघि बढाउँदै नेपाली जनताप्रति सद्भाव र समर्थन व्यक्त गरेको प्रवक्ता गुओले बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
23h ago
विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सक्रिय सहयोग गर्ने चीनको प्रतिबद्धता

विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सक्रिय सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाण्डु – चीनले बाढीपहिरोबाट प्रभावित नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न तथा जनजीवन र कामकाज यथ...

#पुनर्निर्माण #चीन #सक्रिय
Compare →
Nagarik News
1d ago
नेपालको पुनर्निर्माणमा सघाउन चीन तयार : घर बनाउनदेखि जनजीवन सामान्य बनाउनसम्म सहयोग गर्ने

नेपालको पुनर्निर्माणमा सघाउन चीन तयार : घर बनाउनदेखि जनजीवन सामान्य बनाउनसम्म सहयोग गर्ने

चीनले विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न र सकेसम्म छिटो सामान्य जनजीवन तथा काममा फर्कन सहयोग गर्ने जनाएको हो।

#पुनर्निर्माण #चीन #विपद्
Compare →
Bizshala
2d ago
चीनले बनायो पखेटाबिनै आकाशमा उड्ने कार, पहिलो परीक्षण उडान सफल

चीनले बनायो पखेटाबिनै आकाशमा उड्ने कार, पहिलो परीक्षण उडान सफल

काठमाण्डौ । चीनले पखेटाबिनै आकाशमा उड्न सक्ने कारको सफल परीक्षण गरेको छ। व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ...

#चीन
Compare →
Ekantipur
2d ago
चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान

चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

#चीन
Compare →

Related Stories

National (Nepal)
Build #2625