Trending
Prev Story
Next Story

उदितिको निशानामा माही, काजीको रोस्टपछि बिग बोसमा तनाव

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
14
14 reads 0 reactions

रियालिटी शो ‘बिग बोस २०’ को सोमबारको एपिसोड मनोरञ्जन, व्यंग्य र विवादले भरिएको थियो । घरभित्रका प्रतिस्पर्धीले गीत, नृत्य र र्‍यापमार्फत एकअर्कालाई रोस्ट गरे । यही क्रममा उदिति र यङको प्रस्तुति विशेष चर्चामा रह्यो । उदितिले …

उदितिको निशानामा माही, काजीको रोस्टपछि बिग बोसमा तनाव

रियालिटी शो ‘बिग बोस २०’ को सोमबारको एपिसोड मनोरञ्जन, व्यंग्य र विवादले भरिएको थियो । घरभित्रका प्रतिस्पर्धीले गीत, नृत्य र र्‍यापमार्फत एकअर्कालाई रोस्ट गरे ।

यही क्रममा उदिति र यङको प्रस्तुति विशेष चर्चामा रह्यो । उदितिले र्‍यापमार्फत माही विजलाई निशाना बनाइन् भने काजीको प्रस्तुतिले घरभित्रै असन्तुष्टि बढायो ।

एपिसोडको सुरुवात माही र अरिश्फाबीचको विवादबाट भयो । माहीले आफूलाई लिएर गलत कुरा नगर्न अरिश्फालाई चेतावनी दिइन् । जवाफमा अरिश्फाले माहीले गर्ने व्यवहारकै बारेमा आफूले कुरा गरेको बताइन् ।

उनीहरूबीचको भनाभनले घरको माहोल केही तनावपूर्ण बन्यो ।

किचन क्षेत्रमा यङ र स्काउटबीच पनि कुराकानी भयो । स्काउटले उनीसँग जिस्किने प्रयास गर्दा यङले त्यसो नगर्न आग्रह गरे । पछि यङले माहीसँग स्काउटले आफ्नो घर किन नलिएको भन्ने विषयमा गरेको टिप्पणीबारे पनि कुरा गरे ।

अर्को बिहान बिग बोसले घरमा विशेष कार्यक्रम ‘बीबी २० शो’ आयोजना हुने घोषणा गरे । त्यसका लागि प्रतिस्पर्धीलाई फरक-फरक प्रस्तुति दिने जिम्मेवारी दिइयो ।

अरिश्फा र काजीलाई गीत गाउने टास्क दिइयो भने यङ र उदितिले मिलेर र्‍याप प्रस्तुत गर्नुपर्ने भयो ।

कार्यक्रममा आम्रपालीले भोजपुरी गीतमा नृत्य प्रस्तुत गरिन् । लव गिलले पञ्जाबी शैलीमा नृत्य गरे भने गुल्लूले कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रमको मुख्य आकर्षण उदिति र यङको र्‍याप प्रस्तुति बन्यो । दुवैले सुरुमा आफ्नै शैलीमा र्‍याप प्रस्तुत गरे ।

त्यसपछि उदितिले माहीलाई लक्षित गर्दै व्यंग्यात्मक शब्द प्रयोग गरिन् । उनको प्रस्तुतिमा माहीमाथि गरिएका कटाक्षले घरभित्रको माहोल थप रोचक बनायो ।

त्यसपछि काजी र अरिश्फाले पनि प्रस्तुति दिए । उनीहरूले कनिकालाई लक्षित गर्दै गीतमार्फत रोस्ट गरे । अन्त्यमा लव गिलले पञ्जाबी गीतमा नृत्य प्रस्तुत गरे ।

प्रस्तुतिका आधारमा उदिति र यङको जोडीले सबैभन्दा धेरै अंक प्राप्त गर्‍यो । उनीहरूको प्रदर्शनका आधारमा घरका सदस्यले ८४ प्रतिशत राशन प्राप्त गरे ।

तर, काजीले लभ गिललाई रोस्ट गर्ने क्रममा प्रयोग गरेका केही शब्दले भने विवाद निम्त्यायो । उनको प्रस्तुतिपछि घरका अन्य सदस्य उनीविरुद्ध देखिए ।

मनोरञ्जनका लागि आयोजना गरिएको कार्यक्रम अन्ततः काजीको प्रस्तुतिलाई लिएर घरभित्रै असन्तुष्टि बढाउने कारण बन्यो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको...

#बिग #बोस #एपिसोड
Compare →

Related Stories

Entertainment & Cinema
Build #2625