Trending
Prev Story
Next Story

चितुवाको आक्रमणबाट किशोरीको मृ*त्यु

Nagarik News •
November 24, 2026 • 06:32 AM
19
19 reads 0 reactions

बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट किशोरीको मृ*त्यु

बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो। बेपत्ता भएकी किशोरीलाई अभिभावकले खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला परेको थियो।

चितुवाको आक्रमणबाट मृत्यु भएकी किशोरीको घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ। बर्दियाको राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाबाट मृत्यु भएको यो दोस्रो घटना हो।

गत असोज २२ गते पनि चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३, तिघ्राका ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो। उक्त चितुवालाई डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर (केज) राखेर एक हप्तामा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: ८ मंसिर २०८३ १२:१७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

राजापुर नगरपालिका–१० मझरामा सोमबार साँझ सवा ६ बजे आँगनमा खेलिरहेकी कमला सिंह ठकुरीमाथि चितुवाले आक्रमण गरेको थियो।

#चितुवा #आक्रमण #मृत्यु
Compare →
Hamro Patro News
2d ago
भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

६ मंसिर, कञ्चनपुर । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सु...

#आक्रमण #मृत्यु #त्यु
Compare →
Onlinekhabar
5d ago
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले …

#आक्रमण #मृत्यु #त्यु
Compare →

Related Stories

Technology
Build #2625