Trending
Prev Story
Next Story

ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

६ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ र मनास्लु क्षेत्रको पदयात्रासम्बन्धी नयाँ सुरक्षा सूचना (ट्रेकिङ सेफ्टी एड्भाइजरी) जारी गरेको छ। मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले …

ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द

६ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ र मनास्लु क्षेत्रको पदयात्रासम्बन्धी नयाँ सुरक्षा सूचना (ट्रेकिङ सेफ्टी एड्भाइजरी) जारी गरेको छ।

मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।

टानले बुधबार जारी गरेको सूचनाअनुसार लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेका छन्। त्यस्तै, बाढीले क्षति पुर्‍याएको मनास्लु–लार्केपास पदमार्ग पनि आंशिक मर्मतपछि पुन: सञ्चालनमा आएको छ।

बेत्रावतीमा बेलिब्रिज जडान भएसँगै लाङटाङ क्षेत्र जाने पर्यटकका लागि टानले मुख्य दुईवटा विकल्प सुझाएको छ। पहिलो विकल्पअनुसार काठमाडौंबाट त्रिशूली र बेत्रावती हुँदै धुन्चे वा ठूलोस्याफ्रुसम्म गाडीमा गएर त्यहाँबाट ब्याम्बो, लामाहोटल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ।

दोस्रो विकल्पमा काठमाडौंबाट चिसापानी/हेलम्बु, ठाडेपाटी, घोप्टे, गोसाइँकुण्ड, ठूलोस्याफ्रु, ब्याम्बो, लामाहोटल हुँदै लाङटाङ र क्यान्जिनसम्म पुग्न सकिने व्यवस्था छ।

गत अक्टोबर ११ मा बुढीगण्डकीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएको मनास्लु क्षेत्रका पहुँच मार्ग, पदमार्ग, पुल र टि–हाउस (लज) हरू आंशिक रूपमा मर्मत गरिएका छन्।

मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।

पदयात्रीहरू गाडीमार्फत माछाखोलासम्म पुगेर त्यहाँबाट जगत, न्याकफेदी हुँदै लार्केपासतर्फको पदयात्रा सुरु गर्न सक्नेछन्। यारुबगरमा क्षति भएको कठिन खण्डलाई छल्नका लागि १० मिनेटको वैकल्पिक पदमार्गसमेत तयार पारिएको टानले जनाएको छ।

क्यान्टिलिभर पुल भत्किएका कारण चुम भ्याली पदमार्ग भने हाललाई बन्द गरिएको छ। मर्मत कार्य जारी रहेकाले करिब एक सातापछि यो पदमार्ग पुन: सञ्चालनमा आउने अपेक्षा गरिएको टानको सूचनामा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3w ago
मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ।

#मनास्लु #टान #लार्केपास
Compare →
Hamro Patro News
3w ago
मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाउन टानको आग्रह

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाउन टानको आग्रह

मनास्लु लार्केपास पदयात्रा मार्ग पुनः सञ्चालनमा आएको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएकाले सतर्कता अपनाएर यात्रा गर्न पदयात्रीलाई आग्रह गरेको छ । बू...

#मनास्लु #टान #लार्केपास
Compare →
Ekantipur
3w ago
लाङटाङमा बढ्दै छन् पर्यटक, व्यवसायी उत्साहित

लाङटाङमा बढ्दै छन् पर्यटक, व्यवसायी उत्साहित

बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो ।

#लाङटाङ
Compare →

Related Stories

National (Nepal)
Build #2611