Trending
Prev Story
Next Story

प्रधानमन्त्रीकी दिदी भन्छिन् : यो निकै गर्वको क्षण हो, उनी विश्वभरका युवाका लागि प्रेरणा हुन्

Nagarik News •
November 24, 2026 • 04:25 AM
8
8 reads 0 reactions

भारतमा बस्दै आएकी उनले शाह विश्वभरका युवाका लागि प्रेरणा बनेको बताउँदै उनको नेतृत्वले पुरानो सोचलाई चुनौती दिएको उल्लेख गरिन्।

प्रधानमन्त्रीकी दिदी भन्छिन् : यो निकै गर्वको क्षण हो, उनी विश्वभरका युवाका लागि प्रेरणा हुन्

प्रधानमन्त्री बालेन्द्र शाहकी दिदी सुजाता साह सेजेकनले भाइको भारत भ्रमणलाई नेपालीका लागि गर्वको विषय भएको बताएकी छन्।

भारतमा बस्दै आएकी उनले शाह विश्वभरका युवाका लागि प्रेरणा बनेको बताउँदै उनको नेतृत्वले पुरानो सोचलाई चुनौती दिएको उल्लेख गरिन्।

भारतीय समाचार एजेन्सी एएनआई सँग कुरा गर्दै उनले भनिन्, ‘यो निकै गर्वको क्षण हो। बालेन्द्र अहिले महत्त्वपूर्ण व्यक्तित्व बनेका छन्। उनी नेपालका युवामात्र नभई विश्वभरका युवाका लागि प्रेरणा हुन्।’

उनले नेतृत्वमा पुग्न अनुभवी र लामो समय राजनीति गरेका व्यक्ति नै हुनुपर्छ भन्ने मान्यतालाई शाहले तोडेको बताइन्। युवाहरू पनि उच्च नेतृत्वमा पुग्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेको उनको भनाइ छ।

‘नेतृत्वमा पुग्न अनुभवी व्यक्ति नै हुनुपर्छ भन्ने पुरानो सोचलाई उनले तोडेका छन्। यस क्षेत्रका युवाले पनि उच्च नेतृत्वमा पुग्न सक्छन् भन्ने उदाहरण बनेका छन्। उनी नेपालका प्रधानमन्त्री हुनु हामी सबै नेपालीका लागि गर्वको विषय हो,’ उनले भनिन्।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेट र भारतमा पाएको स्वागतबाट आफूहरू प्रभावित भएको पनि उनले बताइन्। दुई देशका प्रधानमन्त्रीबिच विश्वमा शान्तिको सन्देश दिने विषयमा गम्भीर छलफल भएको आफूलाई लागेको उनले उल्लेख गरिन्।

प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका थिए। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गरेका थिए भने राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए।

भ्रमणका क्रममा नेपाल र भारतबिच शिक्षा तथा अनुसन्धान, सुरक्षा, कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, सहरी विकास, स्वास्थ्य, पशुपालन र मत्स्यपालनलगायत क्षेत्रमा सहकार्य गर्ने आठ वटा समझदारी भएका छन्।

प्रकाशित: ८ मंसिर २०८३ १०:१० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो : प्रधानमन्त्री शाह

साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो : प्रधानमन्त्री शाह

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु रहेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले राजघाटस्थित...

#शाह #नेतृत्व
Compare →

Related Stories

Politics & Governance
Build #2621