Trending
Prev Story
Next Story

मोदी–वालेन वार्तामा लिपुलेक र गोर्खा भर्तीको विषय उठेन

Ekantipur •
November 23, 2026 • 03:02 PM
3
3 reads 0 reactions

लिपुलेक भारत र चीनबीच व्यापारका लागि प्रयोग हुँदै आएको नाका भएको बताउँदै भारतीय विदेश सचिव विक्रम मिस्रीले यस विषय वार्तामा प्रवेश नै नभएको जानकारी दिए ।

मोदी–वालेन वार्तामा लिपुलेक र गोर्खा भर्तीको विषय उठेन

लिपुलेक भारत र चीनबीच व्यापारका लागि प्रयोग हुँदै आएको नाका भएको बताउँदै भारतीय विदेश सचिव विक्रम मिस्रीले यस विषय वार्तामा प्रवेश नै नभएको जानकारी दिए ।

नयाँदिल्ली (भारत) — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन शाहबीच सोमबार भएको वार्तामा सीमा विवादसँग जोडिएको लिपुलेक र गोर्खा भर्तीको विषय उठेन । भारतीय विदेश सचिव विक्रम मिस्रीले २ प्रधानमन्त्रीबीच यी विषयमा छलफल नभएको बताएका हुन् ।

लिपुलेक भारत र चीनबीच व्यापारका लागि प्रयोग हुँदै आएको नाका भएको बताउँदै मिस्रीले यस विषय वार्तामा प्रवेश नै नभएको जानकारी दिए ।

गोर्खा भर्तीको विषय पनि दुई प्रधानमन्त्रीबीचको वार्तामा नउठेको मिस्रीले बताए । भारतीय सेनामा नेपाली नागरिकको भर्ती लामो समयदेखि दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण पक्ष रहँदै आएको छ । भारतले अग्निपथ योजनाअन्तर्गत भर्ती प्रक्रिया अघि बढाएपछि नेपालले उक्त योजनाबारे असहमति जनाउँदै भर्ती प्रक्रिया रोक्दै आएको छ।

भारत–नेपाल प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे सोधिएको प्रश्नमा मिस्रीले उक्त प्रतिवेदन अब विगतको विषय भएको र सान्दर्भिक नरहेको टिप्पणी गरेका छन् । दुवै देशका विज्ञ सम्मिलित समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित द्विपक्षीय सम्बन्धका विभिन्न पक्ष पुनरावलोकन गरी प्रतिवेदन तयार पारेको थियो । तर प्रतिवेदन दुवै सरकारलाई बुझाउने विषय लामो समयदेखि अड्किएको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद मोदीज्यू

भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद मोदीज्यू

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

#भारत #मोदी
Compare →
Bizshala
7h ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#भारत #मोदी
Compare →
Arthasansar
7h ago
नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको...

#भारत #मोदी
Compare →
Hamro Patro News
13h ago
आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता:  हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता: हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमण आज महत्वपूर्ण कूटनीतिक मोडमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा हुने उच्चस्तरीय वार्ताले नेपाल–भार...

#भारत #मोदी
Compare →

Related Stories

Technology
Build #2612