Trending
Prev Story
Next Story

भिनाजुको अनौठो माया : बिहेमा दुई सालालाई लगाइदिए करोडौंका माला !

Nagarik News •
November 23, 2026 • 12:58 PM
1
1 reads 0 reactions

भारतको उत्तर प्रदेशस्थित मथुरामा दुई बेहुलालाई भिनाजुले एक-एक करोड भारतीय रुपैयाँ बराबरका नोटबाट बनेका विशाल माला लगाइदिएपछि विवाह समारोह चर्चामा आएको छ।

भिनाजुको अनौठो माया : बिहेमा दुई सालालाई लगाइदिए करोडौंका माला !

भारतको उत्तर प्रदेशस्थित मथुरामा दुई बेहुलालाई भिनाजुले एक-एक करोड भारतीय रुपैयाँ बराबरका नोटबाट बनेका विशाल माला लगाइदिएपछि विवाह समारोह चर्चामा आएको छ।

५०० भारतीय रुपैयाँका नोटबाट बनाइएका मालाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यो घटना मथुरा जिल्लाको सुरीर प्रहरी चौकी क्षेत्रअन्तर्गत नागला फोंडा गाउँको हो। शनिबार गाउँका योगेन्द्र सिंह र कुशलपाल सिंहका छोरा प्रशान्त र कान्हा राघवको विवाहअघि घोडा चढ्ने कार्यक्रम आयोजना गरिएको थियो। उनीहरूको विवाह गोवर्धनस्थित एक विवाह गृहमा मुडसेरस गाउँका युवतीहरूसँग हुने तय भएको थियो।

सोही क्रममा राजस्थानको कमान क्षेत्रस्थित नान्डोला गाउँका योगेश कुमार उर्फ भूरा ठाकुरले आफ्ना दुई सालालाई विशेष उपहार दिने निर्णय गरे। उनले दुवै बेहुलालाई एक-एक करोड रुपैयाँ बराबरका नोटबाट बनेका विशाल माला लगाइदिए।

भारतीय सञ्चारमाध्यम का अनुसार ५०० रुपैयाँका नयाँ नोटबाट बनाइएका प्रत्येक माला करिब १०० फिट लामो थिए। माला निकै लामो र गह्रौं भएकाले सम्हाल्न धेरै मानिसलाई हम्मेहम्मे परेको थियो। दुवै बेहुलालाई घरको छतमा उभ्याएर माला लगाइदिएको दृश्य विवाह समारोहमा उपस्थित गाउँले र आफन्तले मोबाइलमा कैद गरेका थिए। पछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।

यस घटनापछि मालामा साँच्चिकै एक-एक करोड रुपैयाँ बराबरका नोट थिए कि थिएनन् भन्ने प्रश्न उठेको छ। त्यति ठूलो रकम कहाँबाट आयो र त्यसको स्रोत के हो भन्नेबारे पनि चर्चा भइरहेको छ। यद्यपि, मालामा प्रयोग गरिएको नगदको वास्तविक रकम र स्रोतबारे आधिकारिक पुष्टि भएको छैन।

प्रकाशित: ७ मंसिर २०८३ १८:४३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
‘१२ गाउँ २’, ‘छ माया छपक्कै २’ र ‘आ बाट आमा २’ को कमाइ कति ?

‘१२ गाउँ २’, ‘छ माया छपक्कै २’ र ‘आ बाट आमा २’ को कमाइ कति ?

काठमाडौँ । दसैँको अवसर पारेर प्रदर्शनमा आएका तीन ठूला नेपाली फिल्ममध्ये बक्स अफिस कमाइमा ‘आ बाट आमा २’ सबैभन्दा अगाडि देखिएको छ। चलचित्र विकास बोर्डले आइतबार राति ११:५९ बजेसम्मको व्यापारलाई आधार बन...

#गाउँ #माया
Compare →
Onlinekhabar
1w ago
बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका …

#विवाह #बिहे
Compare →
Bizshala
1w ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#माला
Compare →

Related Stories

National (Nepal)
Build #2612