Trending
Prev Story
Next Story

११ अर्ब अनुदानमा झापामा पेट्रोलियम पाइपलाइन र भण्डारण गृह निर्माण हुने

Nagarik News •
November 23, 2026 • 01:07 PM
2
2 reads 0 reactions

करिब पाँच अर्ब रुपैयाँको लागतमा सिलगुढीदेखि चारआलीसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुने कार्यकारी निर्देशक शाहले बताए।

११ अर्ब अनुदानमा झापामा पेट्रोलियम पाइपलाइन र भण्डारण गृह निर्माण हुने

नेपालमा दोस्रो अन्तरदेशीय पाइपलाइन निर्माण हुने भएको छ। भारत सरकारको सहयोगमा नेपाल आयल निगमले भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन र झापामा भण्डारण गृह निर्माण गर्ने भएको हो।

भारत सरकारको करिब ११ अर्ब १४ करोड रुपैयाँ अनुदानमा निर्माण हुने पाइपलाइन र भण्डारण गृहको प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्ती नरेन्द्र मोदीले नयाँ दिल्लीबाट बटन थिचेर सोमबार संयुक्त रुपमा शिलान्यास गरेका छन्।

यसअघि मोतिहारी–अमलेखगन्ज पेट्रोलिय पाइपलाइन निर्माण सम्पन्न भएर इन्धन आयात भइरहेको बेला मुलुकको पूर्वी क्षेत्रलाई लक्षित गरेर दोस्रो पाइपलाइन परियोजना अघि बढाइएको नेपाल आयल निगमले जनाएको छ।

दुई देशका प्रधानमन्त्रीले सिलन्यास गरेसँगै परियोजना निर्माण अघि बढ्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । ‘दुई सरकारबीच जिटुजी भइसकेको छ,’ शाहले भने, ‘सिलन्यास भएपछि अब निर्माण अघि बढ्छ।’

करिब पाँच अर्ब रुपैयाँको लागतमा सिलगुढीदेखि चारआलीसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुने कार्यकारी निर्देशक शाहले बताए।

‘करिब पाँच अर्ब रुपैयाँको अनुदानमा पाइपलाइन निर्माण हुने भएको छ,’ शाहले भने, ‘भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर पाइप निर्माण गर्ने योजना छ।’

पाइपलाइनबाट ल्याएको डिजेल, पेट्रोल भण्डारणका लागि इन्धन भण्डारण गृह निर्माण गर्ने शाहले बताए।

‘पाईपलाईन परियोजनाको लागि करिब ४ अर्ब २७ करोड र ग्रिनफिल्ड टर्मिनलको लागि करिब ६ अर्ब ८७ करोड रुपैयाँ लाग्नेछ,’ शाहले भने, ‘अब अत्याधुनिक भण्डारण गृहसहितको डिपो निर्माण प्रक्रिया अघि बढ्छ।’

चारआलीमा निर्माण हुने अत्याधुनिक टर्मिनलमा पेट्रोल भण्डारणका लागि ६ हजार ६०० किलो लिटर र डिजेलका लागि १२ हजार ३०० किलो लिटर क्षमताका भर्टिकल ट्यांक निर्माण गरिनेछ।

पेट्रोलको लागि २२ सय किलो लिटर क्षमताको ३ वटा र डिजलको लागि ४१ सय किलो लिटरको ३ वटा भर्टिकल टैक निर्माण भई कुल १८ हजार ९०० किलो लिटर क्षमताको स्वचालित प्रणालिमा आधारित पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने निगमले जनाएको छ।

आयल निगमको स्वामित्वमा रहेको २३ विगाहा ३ कठ्ठा १३ धुर जग्गामा भण्डारण गृह निर्माण निर्माण हुने छ। परियोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब १४ करोड नेपाली रुपैंया रहेको छ।

यी परियोजना सम्पन्न भएपछि कोशी प्रदेशलगायत मधेश प्रदेशका सप्तरी र सिरहा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति थप सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।

सडकमार्गबाट हुने इन्धन ढुवानीमा निर्भरता घट्ने, भन्सारमा सवारी साधनको जाम नहुने, ढुवानी खर्च बचत हुने, प्रदुषण नियन्त्रण हुने, मार्गमा हुने अवान्छित गतिविधी नियन्त्रण हुने तथा आपत्कालीन अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो परियोजना केवल पेट्रोलियम पदार्थ ढुवानी गर्ने पूर्वाधार मात्र नभई नेपालको ऊर्जा सुरक्षा, आपूर्ति व्यवस्थापन, आर्थिक बचत र आत्मनिर्भरतातर्फको महत्त्वपूर्ण कदम रहेको शाहले बताए।

प्रकाशित: ७ मंसिर २०८३ १८:५२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
4h ago
सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।

#पाइपलाइन #झापा #पेट्रोलियम
Compare →
Bizshala
4h ago
बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने...

#पेट्रोलियम #पाइपलाइन
Compare →

Related Stories

Business & Economy
Build #2612