Trending
Prev Story
Next Story

सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारत नयाँ दिल्लीबाट भर्चुअल माध्यम मार्फत ‘सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन अन्तर्गत ग्रिनफिल्ड टर्मिनल परियोजना’ को संयुक्त शिलान्यास गरेका छन् । सोही अवसरमा …

सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

७ मंसिर, काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारत नयाँ दिल्लीबाट भर्चुअल माध्यम मार्फत ‘सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन अन्तर्गत ग्रिनफिल्ड टर्मिनल परियोजना’ को संयुक्त शिलान्यास गरेका छन् ।

सोही अवसरमा झापा चारआलीस्थित परियोजनास्थलमा प्रत्यक्ष प्रसारण सहित आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले परियोजनाको प्राविधिक स्वरूप, लागत र हालसम्मको प्रगतिबारे विस्तृत जानकारी दिएका छन् ।

नेपाल र भारत सरकारबीच भएको द्विपक्षीय समझदारी अनुसार अघि बढाइएको यो परियोजना भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुनेछ ।

५० किलोमिटर पाइपलाइन र १८ हजार ९ सय किलोलिटरको स्वचालित टर्मिनल

कार्यकारी निर्देशक साहका अनुसार भारत सिलिगुडीदेखि झापा चारआलीसम्म करिब ५० किलोमिटर लामो र ८ इन्च व्यासको पेट्रोलियम पाइपलाइन बिछ्याइने छ । कुल दुरीमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर खण्ड पर्ने छ ।

परियोजना अन्तर्गत चारआलीमा निगम स्वामित्वमा रहेको २३ बिघा ३ कट्ठा १३ धुर जग्गामा स्वचालित प्रणालीमा आधारित कुल १८ हजार ९ सय किलोलिटर क्षमताको ग्रिनफिल्ड क्षेत्रीय टर्मिनल निर्माण गरिने छ ।

जसमा पेट्रोल भण्डारणका लागि २ हजार २ सय किलोलिटर क्षमताका तीन वटा र डिजेल भण्डारणका लागि ४ हजार १ सय किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्यांक निर्माण हुनेछन् ।

११ अर्ब १४ करोडको भारतीय अनुदान, ३६ महिनामै सक्ने योजना

यस परियोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब १४ करोड नेपाली रुपैयाँ छ । जसमध्ये पाइपलाइन निर्माणका लागि करिब ४ अर्ब २७ करोड र ग्रिनफिल्ड टर्मिनल निर्माणका लागि करिब ६ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

सम्पूर्ण लागत भारत सरकारको पूर्ण अनुदानमा इन्डियन आयल कर्पोरेसन (आईओसी) मार्फत बेहोर्ने गरी निर्माण अघि बढाइएको साहले जानकारी दिए ।

हालसम्म आईओसीबाट पाइपलाइन विस्तृत इन्जिनियरिङ रुट सर्वेक्षण तथा टर्मिनल डिजाइन र नक्साङ्कन कार्य सम्पन्न भइसकेको छ ।

दुवै देशका सम्बन्धित निकायबीच आवश्यक प्राविधिक कार्यविधि र कार्यतालिका निर्धारण भई उपकरण तथा सामग्री खरिद प्रक्रिया समेत अगाडि बढिसकेको छ ।

नेपालतर्फ वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), जग्गा विकास तथा निर्माण सम्बन्धी आवश्यक प्रक्रियाका काम भइरहेका छन् ।

परियोजना सम्पन्न गर्न निर्धारित समय करिब ५४ महिना तोकिएको भए पनि आईओसीले करिब ३६ महिनाभित्रै काम सम्पन्न गर्ने योजना बनाएको छ ।

यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सडक विभाग, विद्युत् प्राधिकरण, स्थानीय तह, सुरक्षा निकाय लगायत सबै सरोकारवालाबाट समयमै आवश्यक स्वीकृति, सहजीकरण र समन्वय अपरिहार्य रहेको साहले बताए ।

कोशी र मधेसमा सहज आपूर्ति, ऊर्जा सुरक्षामा योगदान

यो परियोजना सम्पन्न भएपछि कोशी प्रदेश सहित मधेस प्रदेशका सप्तरी र सिरहा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति थप सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।

यसले सडक मार्गबाट हुने इन्धन ढुवानीमाथिको निर्भरता घटाउने, भन्सार नाकामा सवारीसाधन जाम अन्त्य गर्ने, ढुवानी खर्च बचत गर्ने, प्रदूषण कम गर्ने तथा मार्गमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने निगमको विश्वास छ ।

साथै, आपत्कालीन अवस्थामा देशभरि इन्धन आपूर्ति व्यवस्थापन गर्न र नेपालको ऊर्जा सुरक्षा, आर्थिक बचत तथा आत्मनिर्भरतातर्फ अघि बढ्न परियोजनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
47m ago
सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।

#झापा #परियोजना #सिलिगुडी
Compare →
Bizshala
1h ago
बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने...

#बालेन-शाह #परियोजना #पाइपलाइन
Compare →
Arthasansar
1h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#बालेन-शाह #भारत #संयुक्त
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#बालेन-शाह #भारत #संयुक्त
Compare →
Hamro Patro News
7h ago
आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता:  हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता: हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमण आज महत्वपूर्ण कूटनीतिक मोडमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा हुने उच्चस्तरीय वार्ताले नेपाल–भार...

#बालेन-शाह #भारत
Compare →

Related Stories

World News
Build #2612