Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : पञ्चकोशी ज्वालाबाट सल्काइँदै छ ओलम्पिक टर्च

Ekantipur •
November 23, 2026 • 11:03 AM
5
5 reads 0 reactions

राष्ट्रिय खेलकुद परिषद्ले श्रीस्थानको प्राकृतिक ज्वालाबाट टर्च प्रज्वलन गरी कर्णालीका जिल्लामा ओलम्पियन खेलाडीमार्फत प्रचारात्मक यात्रा गराउने तयारी गरेको छ।

दसौं राष्ट्रिय खेलकुद : पञ्चकोशी ज्वालाबाट सल्काइँदै छ ओलम्पिक टर्च

राष्ट्रिय खेलकुद परिषद्ले श्रीस्थानको प्राकृतिक ज्वालाबाट टर्च प्रज्वलन गरी कर्णालीका जिल्लामा ओलम्पियन खेलाडीमार्फत प्रचारात्मक यात्रा गराउने तयारी गरेको छ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च दैलेखस्थित पञ्चकोशी क्षेत्रको श्रीस्थानमा रहेको प्राकृतिक ज्वालाबाट प्रज्वलन गरेर ल्याइने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले दैलेखको ज्वालाबाट टर्च सल्काएर प्रतियोगिताको प्रचारात्मक यात्रा सुरु गर्ने तयारी गरेको जनाएको छ। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पनि राष्ट्रिय खेलकुद परिषद्ले आफूलाई श्रीस्थानको ज्वालाबाट टर्च प्रज्वलन गरेर ल्याउने जानकारी गराएको बताएका छन्।

युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलले पनि प्राकृतिक ज्वालाबाट टर्च प्रज्वलन गरेर ल्याउने विषय अघि बढाएका छन्। आजसम्म भएका प्रतियोगितामा लुम्बिनीबाट ल्याउने गरिएको थियो।

टर्चलाई ओलम्पियन खेलाडीहरूले बोकेर कर्णालीका विभिन्न जिल्लामा पुर्‍याउने तयारी छ। यसबाट राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ।

कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु हुँदैछन्।

मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन गर्ने तयारी छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ।

सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहित ११ टोली सहभागी हुने प्रतियोगितामा ३२ खेल समावेश छन्। राष्ट्रिय खेलकुदलाई खेल प्रतियोगितामा मात्र सीमित नराखी कर्णालीको पर्यटन, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले टर्च यात्रालाई पनि महत्त्वका साथ हेरिएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
ओलम्पिक टर्च दैलेखको हजारौं वर्ष पुरानो प्राकृतिक ज्वालाबाट बाल्न सुझाव

ओलम्पिक टर्च दैलेखको हजारौं वर्ष पुरानो प्राकृतिक ज्वालाबाट बाल्न सुझाव

आगामी आठ गतेदेखि सुरु हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओलम्पिक टर्च दैलेखको श्रीस्थानस्थित प्राकृतिक ज्वालाबाट ल्याउनुपर्ने स्थानीयले सुझाव दिएका छन्।

#खेलकुद #ज्वाला #टर्च
Compare →
Onlinekhabar
1w ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद #परिषद्ले
Compare →
Hamro Patro News
1w ago
दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिने

दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिने

मुख्य आयोजक जिल्ला सुर्खेतसहित कर्णाली प्रदेशका चार जिल्लामा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि दैनिक झन्डै एक हजार एक सय प्रहरी खटिने भएका छन्। मंसिर ८ देखि २७ गतेसम्म सञ्चाल...

#खेलकुद #दसौं
Compare →

Related Stories

Sports
Build #2612