Trending
Prev Story
Next Story

नेपालले माग्यो धाम्रा र मुन्द्रा बन्दरगाह, भारतले दियो कान्डला र पारादीपको पहुँच

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई तेस्रो मुलुकसँग आयात– निर्यातका लागि उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीचको प्रतिनिधिमण्डलस्तीय वार्तापछि …

नेपालले माग्यो धाम्रा र मुन्द्रा बन्दरगाह, भारतले दियो कान्डला र पारादीपको पहुँच

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई तेस्रो मुलुकसँग आयात– निर्यातका लागि उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीचको प्रतिनिधिमण्डलस्तीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेनलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरे ।

नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न मागेको थियो । यसअघि यी दुई देशबीच ती दुई बन्दरगाह प्रयोगको सहमति २०१९ मै भएको थियो । तर यसपटक ती दुई बन्दरगाहको अनुमति दिने विषयमा सहमति भएको चर्चा चलेको थियो । तर दुई देशबीच उही राज्यका फरक बन्दरगाह प्रयोगको अनुमति दिने सहमति भएको हो ।

धाम्रा र मुन्द्रा दुवै बन्दरगाहको व्यवस्थापन निजी क्षेत्रको अडानी समूहले गर्छ । तर अहिले अनुमति पाएका दुवै विमानस्थलको सञ्चालन भारत सरकारले नै गर्दै आएको छ ।

नेपालले हाल भारतको कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालका कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै बन्दरगाहका रुपमा लिने गरेको छ । किनभने एउटै रुटका यी बन्दरगाहमध्ये कोलकातामा साना जहाज मात्रै आउँछन् भने हल्दियामा ठूला जहाज आउँछन् । त्यसबाहेक आन्द्रप्रदेशको विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकमा व्यापार गर्न पाउँछ ।

नेपालले यी तीनबाहेक अन्य बन्दरगाहको प्रयोग गर्न पाउने गरी लामो समयदेखि अनुमति मागिरहेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
8h ago
भ्रमणबाट नेपाली मजदुर आशावादी

भ्रमणबाट नेपाली मजदुर आशावादी

प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा भारत पुगेका छन्।

#भारत #क्रम #भ्रमण
Compare →
Hamro Patro News
3h ago
नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

प्रधानमन्त्री वालेन्द्र साह मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम व...

#भारत #भ्रमण
Compare →
Bizshala
9h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भारत #भ्रमण
Compare →
Ekantipur
1h ago
भारतले नेपालका लागि घोषणा गर्‍यो २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज

भारतले नेपालका लागि घोषणा गर्‍यो २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।

#भारत
Compare →
Arthasansar
4h ago
निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन...

#भारत
Compare →

Related Stories

World News
Build #2612