Trending
Prev Story
Next Story

भ्रमणबाट नेपाली मजदुर आशावादी

Nagarik News •
November 23, 2026 • 02:27 AM
10
10 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा भारत पुगेका छन्।

भ्रमणबाट नेपाली मजदुर आशावादी

प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा भारत पुगेका छन्। भारतमा गएर रोजगारी गर्ने नेपालीले प्रधानमन्त्रीको यो भ्रमण नेपाली कामदारको हितमा र स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका भएर दिनहुँ सुदूरपश्चिमका नेपाली मजदुरी गर्न भारत पस्छन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतसँग दीर्घकालीन विकास सम्झौता गरेर नेपालमै पर्याप्त रोजगारीको वातावरण बनाउनुपर्ने उनीहरू बताउँछन्।

‘पढेलेखेको भए पनि स्वदेशमै रोजगारी नपाउँदा भारतमा मजदुरी गर्नुपरेको छ,’ भारतको बेंगलोरमा मजदुरी गर्ने डडेल्धुराका युवा लालबहादुर घर्तीले भने, ‘बालेन्द्र शाह युवा प्रधानमन्त्री हुनहुन्छ, उहाँबाट हामीले धेरै आशा गरेका छौं। भ्रमणका क्रममा भारतसँग केही महत्त्वपूर्ण सम्झौता गरी नेपालीका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनोस् भन्ने हामी भारतमा मजदुरी गर्नेको चाहना छ।’

भारतको मुम्बईमा मजदुरी गरिरहेका कैलालीका नरबहादुर बोहोरा प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भारतमा मजदुरी गर्ने नेपालीको हितलाई पनि ध्यान दिइनुपर्ने बताउँछन्। ‘घरपरिवार छाडेर मजदुरी गर्न भारत जानुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्छ’, उनले भने।

आफ्ना सन्ततीले स्वदेशमै रोजगारी पाउन सकून भन्ने अपेक्षा रहेको उनले सुनाए। भारतमा मजदुरी गर्नेलाई अन्य देशमा जस्तो सेवा, सुविधा र सुरक्षाको व्यवस्था पनि नभएको उनी बताउँछन्। ‘अन्य देशमा काम गर्ने जस्तो सेवा सुविधा भारतमा मजदुरी गर्ने हामीले पाएका छैनौं’, उनले भने, ‘स्वदेशमै रोजगारी सिर्जना गरियोस्, भारतमा मजदुरी गर्ने नेपालीका लागि पनि सेवा, सुविधा र सुरक्षाको ग्यारेन्टी गरियोस्।’

प्रधानमन्त्री शाहले भारतमा मजदुरी गर्ने नेपालीको हितमा पनि केन्द्रित भएर छलफल गर्ने आशा आफूले लिएको बेंगलोरमा काम गर्ने कैलालीकी मीना कँडेलले बताइन्। उनले भनिन्, ‘भारतमा मजदुरी गर्ने नेपालीको हित हुने गरी बालेन्द्र शाहले केही सम्झौता गर्ने हामीले आशा गरेका छौं।’

भारतमा मजदुरी गर्ने नेपालीको यकिन संख्या नभए पनि सबैभन्दा धेरै संख्या सुदूरपश्चिमबाट जानेको छ। सुदूरपश्चिमबाट मात्र करिब ७ लाख जति भारतमा काम गर्न गएको अनुमान छ। दुवै देशबिच खुला सिमाना छ। सरकारले भारतमा काम गर्नलाई वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रेणीमा राखेको छैन।

भारतमा मजदुरी गर्ने नेपालीको अभिलेख राखिनुपर्ने, श्रम अधिकार सुनिश्चित गरिनुपर्ने र समस्या पर्दा उद्धार तथा क्षतिपूर्ति दिने प्रबन्ध गरिनुपर्ने नयाँ दिल्लीमा मजदुरी गर्ने पदम साउद बताउँछन्।

भारतमा काम गरेर कमाएको पैसा सुरक्षित रुपमा नेपाल पठाउन पनि समस्या रहेको उनी बताउँछन्। ‘भारतमा काम गर्ने लाखौै नेपालीको हक र हितका विषय कुनै पनि प्रधानमन्त्रीको भ्रमणमा प्राथमिकतामा परेका छैनन्’, नागरिक समाजका अगुवा वीरबहादुर महरा भन्छन्, ‘आशा गरिएका युवा प्रधानमन्त्री बालेन्द्र शाहबाट भारतमा मजदुरी गर्नेले बढी आशा गरेको देखिन्छ।’

उनले यो विषयमा पनि प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा राख्नुपर्छ। नेपालीले भारतमा काम गरी घर फर्कंदा पनि सीमानाकामा भारतीइ सुरक्षाकर्मीबाट सास्ती खेप्नुपरेको छ। वर्षौंदेखिको यो समस्या पनि यो भ्रमणका क्रममा समाधान हुनेमा नेपालीहरू आशावादी छन्।

प्रकाशित: ७ मंसिर २०८३ ०८:१२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धिमै सीमित, ओझेलमा मुख्य मुद्दा

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धिमै सीमित, ओझेलमा मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले पहिलो भ्रमणका हिसाबले यसलाई सफल र सकारात्मक मानेका छन् भन...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
12h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
19h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
5h ago
प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

परराष्ट्र मामिला अनुसन्धाता अजयभद्र खनालले आठ समझदारी, हवाई रुट, पञ्चेश्वर आयोजना र आर्थिक सहयोगलाई प्रमुख उपलब्धि मानेका छन्।

#भारत #भ्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2621