Trending
Prev Story
Next Story

महिला उद्यमीलाई आत्मनिर्भर बन्न सघाउँदै कोसेली घर

Nagarik News •
November 23, 2026 • 06:28 AM
5
5 reads 0 reactions

स्थानीय उत्पादनको प्रवर्धन, महिला उद्यमीको प्रोत्साहन र घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएको चितवनको कोसेली घर स्थानीय उत्पादकका लागि भरपर्दो बजार बन्दै गएको छ।

महिला उद्यमीलाई आत्मनिर्भर बन्न सघाउँदै कोसेली घर

स्थानीय उत्पादनको प्रवर्धन, महिला उद्यमीको प्रोत्साहन र घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएको चितवनको कोसेली घर स्थानीय उत्पादकका लागि भरपर्दो बजार बन्दै गएको छ।

उद्योग वाणिज्य संघ चितवनले सात वर्षअघि स्थापना गरेको कोसेली घरले महिला उद्यमी तथा गृहिणीले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्‍याउन सहयोग गरिरहेको छ।

कोसेली घरमा स्थानीय स्तरमा उत्पादित मस्यौरा, गुन्द्रुक, अचार, मह, तोरीको तेल, मकै, भटमास, भाँगो, हस्तकलाका सामग्रीलगायतका वस्तु बिक्रीका लागि राखिएका छन्। यसले एकातिर स्थानीय उत्पादनको प्रचारप्रसार गरेको छ भने अर्कोतर्फ घरेलु उद्यममा संलग्न महिलालाई आम्दानीको स्रोतसमेत उपलब्ध गराएको छ।

भरतपुरको स्याली बजारमा रहेको मान्द्रो नेपालकी अध्यक्ष अम्बिका धितालले कोसेली घरमार्फत आफ्नो उत्पादनको बजार विस्तार गरिरहेको बताउँछिन्।

‘मैले सन् २०७५ देखि मस्यौरा उत्पादन सुरु गरेर बिक्री गर्न थालेकी हुँ’, विगतको अवस्था सम्झदै उनले भनिन्, ‘पहिला मस्यौरा बिक्री हुन कठिन हुन्थ्यो। कोसेली घरमा लगेर बिक्री गर्न थालेपछि देश विदेशबाट समेत माग बढ्न थाल्यो।’

उनले अहिले मस्यौरा, गुन्द्रुक, अमलाको धुलो, अमलाको तितौरा, ड्राई न्युरो, मासको दाल र सिस्नुको पाउडरलगायतका सामग्री उत्पादन गर्दै आएकी छिन्। त्यहाँ उत्पादन भएको वस्तु उनले कोसेली घर तथा विदेशमा समेत बिक्री गर्दै आएकी छिन्। ‘मैले अहिले वार्षिक ३५ लाख रुपैयाँ बराबरको कारोबार गर्छु’, उनले भनिन् ‘कोसेली घरमा राखेर प्रचार भएपछि ६० प्रतिशत वस्तु त विदेशमै बिक्री गर्दै आएकी छु।’

कोसेली घर स्थापना भएपछि उत्पादन बिक्री गर्न सहज भएको र आफ्नो उत्पादनको प्रचारप्रसारसमेत भएको उनले बताइन्। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने माध्यमका रूपमा कोसेली घर प्रभावकारी बनेको उनको अनुभव छ।

भरतपुर–७ कृष्णपुरकी कमला अधिकारीले पनि कोसेली घरमार्फत आफ्ना घरेलु उत्पादनको बजारीकरण गर्दै आएकी छिन्। उनले साबुन, सरफ, फिनेल, हर्पिक तथा भाँडा माझ्ने लिक्विडलगायतका सामग्री उत्पादन तथा बिक्री गर्दै आएकी छिन्।

तनहुँमा तालिम लिएपछि घरेलु सरसफाइका सामग्री उत्पादन गर्न थालेका अधिकारीले अहिले आफ्नै घरमा उत्पादन गरेर कोसेली घरमा बिक्रीका लागि राख्ने गरेकी छिन्। कोसेली घरबाट सामान राख्न तथा ल्याउन फोन आउने गरेपछि बजार खोज्नुपर्ने समस्या पनि कम भएको उनले बताइन्। ‘सुरुमा मैले उत्पादन गरेको साबुन, सरफ फिनेलको चर्चा थिएन। बिक्री पनि कम हुँदै आएको थियो’, उनले भनिन्, ‘चितवन उद्योग वाणिज्य संघसँग जोडिएपछि यसको प्रचार समेत भएको छ। बिक्री पनि बढ्दै गएको छ।’

कोसेली घरमा आफ्ना उत्पादन राखेपछि उत्पादन कहाँ र कसले बनाएको हो भन्ने जानकारी उपभोक्तासम्म पुग्ने गरेका उनले बताइन्। यसले उत्पादनको पहिचान स्थापित गर्न र बिक्री बढाउन सहयोग पुगेको उनको भनाइ छ। उद्योग वाणिज्य संघ चितवनले तालिम तथा बजारीकरणमा गरेको सहयोगले घरेलु उद्यमीलाई थप हौसला मिलेको उनी बताउँछन्।

उद्योग वाणिज्य संघ चितवनले स्थानीय तथा गृहिणीले उत्पादन गरेका वस्तुको प्रदर्शनी र बिक्री वितरण गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको हो। कोसेली घरलाई स्थानीय उत्पादनको साझा बजारका रूपमा विकास गर्ने लक्ष्य उद्योग वाणिज्य संघ चितवनका कार्यालय प्रमुख निलबहादुर केसीले बताउँछन्।

उनका अनुसार स्थानीय महिला उद्यमी तथा गृहिणीले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्‍याउनु कोसेली घरको मुख्य उद्देश्य हो। यहाँ गुन्द्रुक, मस्यौरा, मह, हस्तकलाका सामग्री, तोरीको तेल, मकै, भटमास, भागोलगायतका स्थानीय तथा अर्गानिक उत्पादन बिक्रीका लागि राखिन्छन्।

कोसेली घर सञ्चालनको सुरुमा राम्रो कारोबार भए पनि बिचमा केही समस्या देखिएको थियो। पछि उद्योग वाणिज्य संघ चितवनले सञ्चालन गरेको सहकारीलाई यसको व्यवस्थापन जिम्मेवारी दिएपछि कारोबारमा सुधार आएको छ। अहिले कोसेली घरमा दैनिक १२ देखि १५ हजार रुपैयाँसम्मको कारोबार हुने गरेको छ।

कोसेली घर सञ्चालनमा रहेको सहकारीले महिला उद्यमीलाई आर्थिक सहयोग गर्नुका साथै उनीहरूको उत्पादनको बजारीकरणमा समेत सहजीकरण गर्दै आएको चितवन चेम्बर बहुउद्देश्य सहकारीका कार्यालय प्रमुख हरिराम ढकालले बताए। उनका उत्पादकबाट सामग्री खरिद गरेर बिक्री गर्दा पाँचदेखि सात प्रतिशतसम्म नाफा राख्ने गरिएको छ।

उद्योग वाणिज्य संघ चितवनमा विभिन्न जिल्ला तथा स्थानबाट आउने व्यवसायीलाई कोसेली घरको अवलोकन गराउने गरिएको छ। अवलोकनका क्रममा व्यवसायीले स्थानीय तथा अर्गानिक उत्पादनबारे जानकारी लिने र कतिपयले ती सामग्रीलाई उपहार तथा चिनोका रूपमा समेत लैजाने गरेका छन्।

प्रकाशित: ७ मंसिर २०८३ १२:१३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

४ मंसिर, सिरहा । सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ । प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने ठूलो परिमाणका कच्चा पदार्थ तथा उपकरणसमेत बरामद गरेको छ। बिहीबार विष्णुपुर …

#उत्पादन #घरेलु
Compare →
Ekantipur
1d ago
लगानी बढाउन सरकारको आग्रह, अझै आश्वस्त छैनन् उद्यमी

लगानी बढाउन सरकारको आग्रह, अझै आश्वस्त छैनन् उद्यमी

सरकारबाट व्यवसायीमाथि भएको धरपकडको त्रास, बजारमा वस्तु तथा सेवाको मागमा सुधार नहुनु र लगानीका नयाँ अवसर नखुल्नुले लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।

#वस्तु #उद्यमी
Compare →

Related Stories

Business & Economy
Build #2612