Trending
Prev Story
Next Story

ओखलढुंगामा चम्पादेवी दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

७ मंसिर, काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा आज बिहान सवा ७ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा …

ओखलढुंगामा चम्पादेवी दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते

७ मंसिर, काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा आज बिहान सवा ७ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते हुनेमा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, सोही ठाउँ बस्ने २४ वर्षीया मिरा सार्की, उनका १ वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती,७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, रमिलाका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती रहेका छन् ।

दुर्घटनाका घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सर्लाही । बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्...

#नगरपालिका #वर्षीय
Compare →
Ekantipur
2d ago
दैलेखमा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते

दैलेखमा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते

चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।

#वर्षीय #घाइते
Compare →
Nagarik News
2d ago
सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

#दुर्घटना #घाइते
Compare →

Related Stories

World News
Build #2612