काठमाडाैं - सामाजिक सञ्जालको दुनियाँ कति छिटो तात्छ र कति छिटो सेलाउँछ भन्ने कुरा पछिल्लो एउटा दृश्यले फेरि देखाएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा पाइन्टको मोता खुम्च्याएर लगाएको तस्बिर सार्वजनिक भएपछि त्यसलाई कूटनीतिक शिष्टाचार र राष्ट्रिय सम्मानसँग जोडेर बहस सुरु भयो। कतिपयले यसलाई नेपालप्रति भारतको हेपाइको संकेतका रूपमा अर्थ्याए भने कतिपयले सामान्य रूपमा लिँदै अनावश्यक विवादमा तानिएको टिप्पणी गरे।
तर, यही सन्दर्भमा नेदरल्यान्ड्सका विदेशमन्त्री टम बेरेन्डसेनसँगको भेटमा पनि एकैदिन केही घन्टाको अन्तरमा जयशंकर उस्तै शैलीमा पाइन्टको मोता खुम्च्याएर प्रस्तुत भएका तस्बिरहरू बाहिरिएपछि बहसले नयाँ मोड लिएको छ। एउटै व्यक्ति फरक-फरक देशका समकक्षीहरूसँग भेट्दा उस्तै पहिरन वा बानीमा देखिनुले यो कुनै खास मुलुकप्रति लक्षित व्यवहार होइन, बरु उनको व्यक्तिगत सहजता, बानी वा शैलीकै हिस्सा हुन सक्ने तर्क बलियो बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )