Trending
Prev Story
Next Story

साइबर सुरक्षा जोखिमपछि बैंक तथा सरकारी निकायका वेबसाइट बन्द

Ekantipur •
October 23, 2026 • 04:00 AM
1
1 reads 0 reactions

वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा सुरक्षा जोखिम देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो।

साइबर सुरक्षा जोखिमपछि बैंक तथा सरकारी निकायका वेबसाइट बन्द

वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा सुरक्षा जोखिम देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो।

काठमाडौँ — बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट बन्द भएका छन्। वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा सुरक्षा जोखिम देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो। पीएचपी प्रयोग गरिएका बैंक तथा वित्तीय संस्था र सरकारी निकायका वेबसाइट बन्द गरिएका हुन्। वेबसाइट बन्द गरिए पनि ग्राहकको सूचना वा आर्थिक कारोबारमा कुनै हानि–नोक्सानी नभएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन्।

साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासहित भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै सम्भावित साइबर आक्रमणबाट बच्न वेबसाइट अस्थायी रूपमा बन्द गर्न र सुरक्षा प्रणाली अद्यावधिक गर्न आग्रह गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि पीएचपीमा समस्या देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट बन्द गरिएको बताए। ‘इन्टरनेटमा वेबसाइट र अनलाइन सेवा सञ्चालन गर्न व्यापक रूपमा प्रयोग हुने सर्भर-साइड प्रोग्रामिङ ल्यांगवेज पीएचपी हो। यसमा गम्भीर सुरक्षा कमजोरी भेटिएका छन् । यसलाई सरल भाषामा बुझ्दा, वेबसाइटको पर्दापछाडि काम गर्ने प्रणालीमै कमजोरी भेटिएको हो,’ उनले भने।

उनका अनुसार सुरक्षा अनुसन्धानकर्ताहरूले एआई मोडेलहरूको सहयोगमा पीएचपीको कोड परीक्षण तथा विश्लेषण गर्दा कमजोरी भेटिएको हो।

‘पीएचपी प्रविधिमा देखिएको जोखिमलाई मध्यनजर गर्दै बैंकको वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको हो,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ। यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणलाई असुविधा हुन सक्ने सूचनामा जनाइएको छ।

राष्ट्र बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आवश्यक सूचना लिन आग्रह गर्दै जोखिम न्यूनीकरणका लागि सुरक्षा सतर्कता अपनाउन, प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थालाई निर्देशन दिएको छ।

पीएचपीमा देखिएका कमजोरीका कारण प्रभावित सर्भरमा अनधिकृत पहुँचको जोखिम हुन्छ। अमेरिकी राष्ट्रिय सुरक्षा निकाय (एनएसए) ले पनि अक्टोबर २१ मा जारी सूचनामा प्रभावित प्रणालीमा तत्काल सुरक्षा उपाय अपनाउन भनेको छ। त्यसो गर्न नसक्ने अवस्थामा जोखिमयुक्त सेवा अस्थायी रूपमा अफलाइन राख्न सुझाव दिएको छ। सोही सुझावका आधारमा बैंक तथा वित्तीय संस्था र अन्य निकायले वेबसाइट बन्द गरेका हुन्।

बैंकका वेबसाइट बन्द हुँदा ग्राहकले ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, कर्जा योजना, वित्तीय विवरण र अन्य सार्वजनिक सूचना सहजै प्राप्त गर्न नसक्ने अवस्था आउन सक्छ। वेबसाइटमार्फत उपलब्ध अनलाइन आवेदन, खाता खोल्ने प्रक्रिया र अन्य सुविधासमेत प्रभावित हुन सक्छन्।

वेबसाइट बन्द भए पनि बैंकको सम्पूर्ण कारोबार भने बन्द भएको होइन। खासगरी इन्टरनेट बैंकिङ र वेबसाइटसँग सम्बन्धित सेवा प्रभावित भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए।

‘क्यूआर, मोबाइल बैंकिङलगायत सेवा सुचारु छन्। मुख्य समस्या इन्टरनेट बैंकिङ र वेबसाइटसँग सम्बन्धित सेवामा छ,’ उनले भने, ‘केही बैंक तथा वित्तीय संस्थाले जोखिमको अवस्था मूल्यांकन गरेर वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन्।’

राष्ट्र बैंकले सूचना जारी गरेरै वेबसाइट अस्थायी रूपमा बन्द गर्न र सबै सुरक्षा उपाय अपनाउन आग्रह गरेको उनले जानकारी दिए। यो समस्या नेपालमा मात्र नभई पीएचपी प्रविधि प्रयोग गर्ने अन्य निकायका वेबसाइटमा समेत देखिएको बताइएको छ। पीएचपीमा सुरक्षा जोखिम देखिए पनि अहिलेसम्म बैंक तथा वित्तीय संस्था, ग्राहक वा अन्य कुनै पक्षलाई हानि–नोक्सानी नभएको बताइएको छ।

वेबसाइट किन बन्द गर्नुपर्‍यो, के भन्छ राष्ट्र बैंक?

‘गम्भीर सुरक्षा कमजोरी सार्वजनिक भएपछि त्यसको दुरुपयोग हुन सक्ने जोखिम बढ्छ। त्यसैले सम्बन्धित निकायहरूले जोखिममा रहेका प्रणाली पहिचान गर्ने, सुरक्षा अपडेट लागू गर्ने र तत्काल सुरक्षित बनाउन नसकिने प्रणालीलाई अस्थायी रूपमा इन्टरनेटबाट अलग गर्ने उपाय अपनाउन सक्छन्। यही कारणले केही सरकारी वेबसाइटहरू सावधानीस्वरूप अस्थायी रूपमा अफलाइन वा बन्द राखिएको हो । वेबसाइट बन्द हुनु भनेको त्यो वेबसाइट ह्याक भइसकेको भने  होइन। सुरक्षा जोखिम रोक्नका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो । यो समस्या पुरानो पीएचपी भर्सनमा मात्र रहेको पनि  होइन।’ प्रवक्ता पौडेलले भने।

यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

काठमाडौं । युरोपेली मुलुकहरूमा साइबर आक्रमणका घटना बढ्न थालेपछि इटालीले सरकारी प्रणाली, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ रणनीति अघि सारेको छ । सम्भ...

#जोखिम #सुरक्षा #साइबर
Compare →
Nagarik News
8h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा
Compare →

Related Stories

Business & Economy
Build #2611