Trending
Prev Story
Next Story

प्रधानमन्त्रीलाई भव्य रिसेप्सन, नेपाली श्रमिकलाई पाइला–पाइलामा सास्ती

Ekantipur •
November 22, 2026 • 04:33 PM
6
6 reads 0 reactions

भारतमा ज्याला, रोजगारीको ग्यारेन्टी र सुरक्षाका लागि संघर्षरत नेपालीले यसपटक प्रधानमन्त्रीसमक्ष आफ्ना दुःख सुनाउने प्रत्यक्ष अवसर पाउने छैनन् ।

प्रधानमन्त्रीलाई भव्य रिसेप्सन, नेपाली श्रमिकलाई पाइला–पाइलामा सास्ती

भारतमा ज्याला, रोजगारीको ग्यारेन्टी र सुरक्षाका लागि संघर्षरत नेपालीले यसपटक प्रधानमन्त्रीसमक्ष आफ्ना दुःख सुनाउने प्रत्यक्ष अवसर पाउने छैनन् ।

हरिश्चन्द्र बाग , कान्तिपुर संवाददाता , अमृता अनमोल

भारत बसाइँका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले त्यहाँका प्रधानमन्त्रीसहित उच्च तहका नेताहरुसँग भेट गर्नेछन् । भारत सरकारसँग केही राष्ट्रिय र द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । तर करिब २५ घन्टाको बसाइमा नेपालमा काम र रोजगारी नपाएर भारत पुगेका नेपालीसँग प्रधानमन्त्रीले भेट गर्ने तालिका यसपटक छैन। यसकारण त्यहाँ काम गर्ने नेपाली श्रमिकको कुरा हामीले नै संकलन गरेका छौं ।

हरेक दिन देशका विभिन्न नाका हुँदै नेपालीहरु श्रमका लागि भारतका शहरहरु पुगिरहेका छन् । श्रमकै लागि कति नेपाली वर्षेनी भारत पुग्छन्, यसको कुनै हिसाब छैन । थोरै नेपालीले भारतमा सम्मानजनक व्यवहार र रोजगारी पाउँछन्, तर अधिकांस नेपाली श्रमिकको भने कथा फरक छ । नेपालबाट भ्रमणका लागि पु्ग्ने प्रधानमन्त्रीहरुको भारत सरकारले भव्य स्वागत गर्छ। तर श्रमका लागि भारत पुग्ने नेपालीले भने न त भनेको बेला ज्याला पाउँछन्, न कामकै ग्यारेन्टी हुन्छ ।

नेपाली भएकै कारण हेपिनुपर्ने र हिंसामा पर्नुपर्ने स्थितिमा छन् । प्रधानमन्त्री र प्रधानमन्त्रीसँग जाने भ्रमण दललाई त यात्रा पनि आरामदायी नै होला, नेपालीलाई भने आउन र जानकै पनि सास्ती छ। उनीहरु भन्छन्, सरकारले सके नेपालमै रोजगारी देओस्, नसके भारतमा रोजगारीको सुरक्षाको लागि भारतसँग कुरा गरिदेओस् ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट हरिशचन्द्र बाग, बाँकेको रुपडिया नाकाबाट रेजिना मल्ल र रुपन्देहीको बेलहिया नाकाबाट अमृता अनमोलले पठाएको यो रिपोर्ट हेरौं ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
7h ago
प्रधानमन्त्री साहको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

प्रधानमन्त्री साहको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तिब्र पारिएको छ । प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्ल...

#भारत #भव्य
Compare →

Related Stories

Politics & Governance
Build #2612