Trending
Prev Story
Next Story

४६ वर्षपछि नेपालमा जापानी सांगीतिक समूह ‘गोडाइगो’को प्रस्तुति

Ekantipur •
November 22, 2026 • 09:03 AM
2
2 reads 0 reactions

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ मा समूहको प्रस्तुति भइरहेको छ ।

४६ वर्षपछि नेपालमा जापानी सांगीतिक समूह ‘गोडाइगो’को प्रस्तुति

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ मा समूहको प्रस्तुति भइरहेको छ ।

काठमाडौँ — ४६ वर्षपछि जापानी सांगीतिक समूह ‘गोडाइगो’ ले नेपालमा प्रस्तुती दिने भएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ मा समूहको प्रस्तुति भइरहेको छ ।

सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो । यसैगरी, जापानका चर्चित हिपहप कलाकार ‘मम्मी–डी’ सहित कववेभ, कुटुम्ब र सविन राई एण्ड द फराहो नेपाली ब्याण्डहरूको समेत विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले  यसअघि जापानमा आयोजित सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सह–आयोजनामा हुन लागेको महोत्सवमा प्रवेश निःशुल्क रहने  आयोजकले जनाएको छ ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको आइतबार (भोलि) काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल–जापान महोत्सव ...

#काठमाडौं #जापान #वर्षपछि
Compare →
Bizshala
19h ago
४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

काठमाण्डौ । सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको जापानी ब्यान्ड गोडाइगो (GODIEGO) ४६ वर्षपछि नेपाली दर्शकमाझ फर्किँदैछ...

#वर्षपछि #गोडाइगो
Compare →
Onlinekhabar
1d ago
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

५ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो …

#जापान #जापानी
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612