Trending
Prev Story
Next Story

बैजनी पहिरनमा खुलेकी माधुरी, ५९ वर्षमा पनि उस्तै आकर्षण

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

बलिउडमा केही अभिनेत्री यस्ता छन्, जसको सुन्दरता र आकर्षणको चर्चा फिल्मी पर्दामा मात्र सीमित हुँदैन । उमेर बढ्दै जाँदा पनि उनीहरूको व्यक्तित्व र आत्मविश्वासमा कमी आउँदैन । ती अभिनेत्रीमध्ये एक हुन्, माधुरी दीक्षित । ५९ वर्ष पुगिसक्दा …

बैजनी पहिरनमा खुलेकी माधुरी, ५९ वर्षमा पनि उस्तै आकर्षण

बलिउडमा केही अभिनेत्री यस्ता छन्, जसको सुन्दरता र आकर्षणको चर्चा फिल्मी पर्दामा मात्र सीमित हुँदैन । उमेर बढ्दै जाँदा पनि उनीहरूको व्यक्तित्व र आत्मविश्वासमा कमी आउँदैन ।

ती अभिनेत्रीमध्ये एक हुन्, माधुरी दीक्षित ।

५९ वर्ष पुगिसक्दा पनि माधुरीको सुन्दरतामा कुनै कमी आएको छैन । बरु, उनको मुस्कान र प्रस्तुतिले आज पनि प्रशंसकको ध्यान खिच्ने गरेको छ ।

पछिल्लो पटक उनले सार्वजनिक गरेका तस्वीर पनि यही कुरालाई फेरि चर्चामा ल्याएका छन् ।

यसपटक माधुरी बैजनी रङको आकर्षक अनारकली पहिरनमा देखिएकी छिन् । सुनौलो बुट्टाले सजिएको उनको पहिरन पहिलो नजरमै आकर्षक देखिन्छ ।

छातीको भागमा गरिएको बाक्लो कढाइ, बाहुलामा रहेको सुनौलो डिजाइन र अनारकलीको तल्लो घेरमा राखिएको चौडा बोर्डरले पहिरनलाई राजसी रूप दिएको छ ।

त्यसमाथि मिल्दो सल, ठूला सुनौला झुम्का र निधारमा सानो बिन्दी । खुला कपाल र हल्का मेकअपमा सजिएकी माधुरीको मुस्कानले तस्बिरलाई अझ सुन्दर बनाएको छ ।

उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘एन इभनिङ इन फुल ब्लुम’ । तस्वीरमा उनी कहिले मुस्कुराउँदै क्यामेरातिर हेरिरहेकी छन्, त कहिले अनारकलीको घेर फैलाउँदै फरक पोज दिइरहेकी छन् ।

माधुरीका यी तस्वीर हेर्दा एउटा कुरा भन्न सकिन्छ, सुन्दरता उमेरको अंकमा मात्र कहाँ सीमित हुन्छ, र ! ९० को दशकमा पर्दामा देखिएको उनको मुस्कानको जादु आज पनि उस्तै छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
5d ago
यस्तो ठाउँ जहाँ बेहुलीलाई शीरदेखि पाउसम्म सुनको पहिरनले ढाकिन्छ

यस्तो ठाउँ जहाँ बेहुलीलाई शीरदेखि पाउसम्म सुनको पहिरनले ढाकिन्छ

कतिपयले औपचारिक विवाहमा सेतो गाउन लगाउँछन् भने विशेष परम्परागत कार्यक्रममा सुनौलो पहिरन लगाउने गर्छन्।

#पहिरन
Compare →
Hamro Patro News
1w ago
कोप–३१ मा शेर्पा पहिरनमा मन्त्री चौधरी

कोप–३१ मा शेर्पा पहिरनमा मन्त्री चौधरी

काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन्। जलवायु परिवर्तनका का...

#पहिरन
Compare →

Related Stories

Sports
Build #2612