Trending
Prev Story
Next Story

कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

Bizshala •
November 22, 2026 • 08:07 AM
2
2 reads 0 reactions

काठमाण्डौ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै...

कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

काठमाण्डौ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामै उक्त नाकाबाट ७ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार २२३ वटा ईभी भित्रिएका थिए। यस आधारमा यस वर्ष ईभी आयात करिब ११७ प्रतिशतले बढेको देखिन्छ।

रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि चिनियाँ सामान आयातका लागि कोरला नाकाको प्रयोग उल्लेख्य रूपमा बढेको हो।

मुस्ताङ भन्सारका अधिकृत अमिन्द्र सिंहका अनुसार चालु आर्थिक वर्षको साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा गरी थप ५ हजार ६४७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

ईभी आयातमा भएको वृद्धिसँगै मुस्ताङ भन्सारले चार महिनामै वार्षिक राजस्व लक्ष्यसमेत पार गरेको छ।

चालु आर्थिक वर्षका लागि ९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको कार्यालयले पहिलो चार महिनामै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ उठाएको छ। यो वार्षिक लक्ष्यभन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी हो।

यस अवधिमा कोरला नाकाबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। विद्युतीय सवारीसाधनका अतिरिक्त लत्ताकपडा, विद्युतीय उपकरण, कस्मेटिक सामग्री, निर्माण सामग्री, फलफूल तथा खाद्यान्नलगायत वस्तु आयात भएका हुन्।

तर, आयात बढेसँगै सडक पूर्वाधारको समस्या पनि देखिएको छ। मुस्ताङबाट अन्य गन्तव्यसम्म गाडी पुर्‍याउने सडक जोखिमपूर्ण हुनु र दक्ष चालकको अभावका कारण व्यवसायीले समस्या भोगिरहेका छन्।

भन्सार जाँचपास पूरा गरेर गन्तव्यतर्फ हिँडेका दर्जनौँ विद्युतीय गाडी अझै विभिन्न सडक खण्डमा रोकिएको बताइएको छ।

यसैबीच, पहिलो चार महिनामा कोरला नाकाबाट नेपालले चीनतर्फ २९ करोड ५२ लाख रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। निर्यात हुने वस्तुमा मुख्यतः हस्तकलाका सामग्री तथा अन्य नेपाली उत्पादन रहेका छन्।

कोरला नाकाबाट बढेको आयातले चीनसँगको व्यापारमा यो नाकाको महत्व बढ्दै गएको संकेत गरेको छ। यद्यपि आयातको तुलनामा निर्यात निकै न्यून रहेकाले व्यापार असन्तुलन भने उच्च देखिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
कोरला नाकाबाट चार महिनामै ७ हजार विद्युतीय गाडी आयात, भन्सार लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व संकलन

कोरला नाकाबाट चार महिनामै ७ हजार विद्युतीय गाडी आयात, भन्सार लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन सीमा कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा इभी आयात भएकामा यस वर्...

#नाका #आयात #कोरला
Compare →
Ekantipur
1h ago
कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

रसुवागढी नाका बन्द भएपछि कोरलानाबाट आयात बढ्दा मुस्ताङ भन्सारले चार महिनामै १२ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठायो।

#नाका #आयात #मुस्ताङ
Compare →
Nagarik News
2h ago
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।

#नाका #कोरला #आयात
Compare →
Onlinekhabar
2d ago
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी …

#नाका
Compare →

Related Stories

Business & Economy
Build #2612