Trending
Prev Story
Next Story

वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

Nagarik News •
November 22, 2026 • 07:39 AM
2
2 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्ने कामना गरेका छन्।

उनले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छन्।

आचार्यका अनुसार भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएका थिए। उक्त अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको छ। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १३:२४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहलाई भारी पर्नसक्छ डेढ वर्ष अघिको आफ्नै स्टाटस

भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहलाई भारी पर्नसक्छ डेढ वर्ष अघिको आफ्नै स्टाटस

• प्रधानमन्त्री बालेन्द्र शाह बालेन दुई दिने भारत भ्रमणमा आइतबार नयाँ दिल्ली प्रस्थान गर्दैछन्, जहाँ उनले साढे २५ घन्टा बिताउनेछन्। • भ्रमणअघि बालेनले कुनै प्रमुख दलसँग छलफल नगरेको र केवल सत्तारुढ…

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
9m ago
प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

#भ्रमण #भारत #रास्वपा
Compare →
Bizshala
35m ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612