Trending
Prev Story
Next Story

रास्वपाको अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले विश्वास र साझेदारी अभिवृद्धिमा योगदान पुर्‍याउनेछ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ । प्रधानमन्त्री शाह …

रास्वपाको अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले विश्वास र साझेदारी अभिवृद्धिमा योगदान पुर्‍याउनेछ

६ मंसिर, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ ।

प्रधानमन्त्री शाह आज दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।

सोही अवसरमा शुभकामना दिँदै रास्वपा महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।’

भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको रास्वपाले जनाएको छ ।

भ्रमणबारे प्रधानमन्त्री शाहले सभापति रवि लामिछानेसँग विस्तृत छलफल तथा जानकारी गराएको पनि रास्वपाले जनाएको छ ।

‘उक्त अवसरमा सभापतिज्यूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
16m ago
प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

#भ्रमण #रास्वपा #विश्वास
Compare →
Nagarik News
1h ago
वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

#बालेन-शाह #भ्रमण #रास्वपा
Compare →
Bizshala
42m ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Hamro Patro News
18h ago
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, विमानस्थलमा जितिन प्रसादले स्वागत गर्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, विमानस्थलमा जितिन प्रसादले स्वागत गर्ने

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबार हुने भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार भ्रमणसम्बन्धी सबै व्यवस्था मिलाइसकिएको छ...

#बालेन-शाह #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612