Trending
Prev Story
Next Story

दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका …

दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

उनी भारतीय समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए ।

विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय भएको छैन ।

भोलि समकक्षी मोदीलाई भेटेर स्वदेश फर्किने

भोलिपल्ट अर्थात् मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भइको छ ।

मोदीसँगको भेटवार्ताको क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ ।

साथै दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उदघाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत सहकार्यका विभिन्न क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ ।

मंसिर ७ गते नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति निवासमा हुने भेटघाटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल प्रस्थान गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने र दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Hamro Patro News
8h ago
प्रधानमन्त्री बालेन आज भारतको राजकीय भ्रमणमा जाँदै

प्रधानमन्त्री बालेन आज भारतको राजकीय भ्रमणमा जाँदै

प्रधानमन्त्री बालेन शाह आज राजकीय भ्रमणका लागि भारत जाँदै छन्। ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। उनी आज मध्याह्न १ बजेर ४५ मिनेटमा ...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
17m ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#भ्रमण #भारत #दिने
Compare →
Bizshala
6h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #भ्रमण #राजकीय
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612