Trending
Prev Story
Next Story

जोगमाईमा बेलिब्रिज जडान थालियो

Ekantipur •
November 22, 2026 • 08:03 AM
2
2 reads 0 reactions

बाढीले पुरानो पुल बगाएपछि लामो समयदेखि डाइभर्सनमा यात्रा गर्दै आएका स्थानीय नयाँ बेलिब्रिज जडानपछि सहज हुने प्रतीक्षामा छन्।

जोगमाईमा बेलिब्रिज जडान थालियो

बाढीले पुरानो पुल बगाएपछि लामो समयदेखि डाइभर्सनमा यात्रा गर्दै आएका स्थानीय नयाँ बेलिब्रिज जडानपछि सहज हुने प्रतीक्षामा छन्।

पाँचथर — निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा सकिन केही दिन मात्रै बाँकी रहँदा इलामको सिमलगोलाई–तिल्केनी सडकखण्डस्थित जोगमाई खोलामा बेलिब्रिज जडानको काम सुरु भएको छ ।

गत वर्ष असोजमा आएको बाढीले यसअघि जडान गरिएको बेलिब्रिज बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन शुक्रबारदेखि नयाँ बेलिब्रिज जडान थालिएको हो ।

जोगमाई खोलामा ७० मिटर लामो बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय इलामले २०८२ फागुन ४ गते डीसी कन्स्ट्रक्सन, गाईघाट उदयपुरसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८३ मंसिर २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, समयसीमा सकिन केही दिन मात्रै बाँकी रहँदा बल्ल पुल जडानको काम सुरु भएको हो ।

तीन करोड ८२ लाख ३६ हजार ४ सय २८ रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण भइरहेको पुलको भौतिक प्रगति भने ८३ दशमलव ७४ प्रतिशत पुगेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर चन्द्रेश्वर साहले बताए ।

करिब १२ किलोमिटर लामो सिमलगोलाई–तिल्केनी सडकखण्ड मेची राजमार्गको माईखोलामा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । गत वर्ष असोजको बाढीले जोगमाई खोलामा रहेको बेलिब्रिज बगाएपछि यस सडकखण्डमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको छ ।

बेलिब्रिज बगाएपछि लामो समयदेखि जोखिमपूर्ण डाइभर्सनबाट यात्रा गर्न बाध्य स्थानीयवासी तथा यात्रु नयाँ पुल जडान सुरु भएपछि आवागमन सहज हुने अपेक्षामा छन् । पुल निर्माण सम्पन्न भएपछि मेची राजमार्गमा समस्या आउँदा यस सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थप सहज हुने अपेक्षा गरिएको छ । यसबाट इलामसँगै ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका नागरिकलाई मेची राजमार्गको विकल्प प्रयोग गर्दै झापासम्म पुग्न सहज हुनेछ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
महाकाली र जोगबुढा नदीमा वेब क्यामरा जडान

महाकाली र जोगबुढा नदीमा वेब क्यामरा जडान

सुदूरपश्चिम प्रदेशको दुई वटा नदीमा वेब क्यामरा जडान गरिएको छ । नदीमा पानीको अवस्थालाई प्रत्यक्ष रुपमा निगरानी गर्ने उद्देश्यले महाकाली र जोगबुढा नदीमा वेब क्यामरा जडान गरिएको हो । जलविज्ञान तथा जल...

#जडान
Compare →
Onlinekhabar
2w ago
सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक

सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक

२० कात्तिक, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको जोखिम क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुने बताएका छन् । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा उनले सो …

#बेलिब्रिज
Compare →

Related Stories

Technology
Build #2612