Trending
Prev Story
Next Story

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा श्रेष्ठ

Ekantipur •
November 22, 2026 • 06:33 AM
2
2 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा श्रेष्ठ

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको जानकारीसहितको पत्र पुगेको छ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका हुन् । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भने समकक्षी नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय र एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरेर सोमबार साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
31m ago
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई

काठमाडौं - प्रधानमन्त्री बालेन शाह दुईदिने भारतको राजकीय भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई तोकिएको छ। प्रधानमन्त्री बाले...

#कार्यवाहक #जिम्मेवारी #भारत
Compare →
Nagarik News
3h ago
एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व्यक्तिगत कि सरकारी नीति ?

एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व्यक्तिगत कि सरकारी नीति ?

नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को भारत भ्रमणको तयारी र कार्यशैलीलाई लिएर पाँचवटा प्रश्नसहितको जिज्ञासा व्यक्त गरेका छन्।

#भारत #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612