काठमाडौँ । लगातार दुई फाइनलमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा एनपीएलको उपाधि जित्दा फाइनल खेलका नायक बने स्कटल्यान्डका जर्ज मुन्से । प्लेअफका अघिल्ला दुई खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका मुन्सेले उपाधि भिडन्तमा भने बिष्फोटक शतक हाने ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जित्यो । यो जितको सबैभन्दा ठूलो कथा स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेको धुवाँदार ब्याटिङ रह्यो ।
Read full story at source ( nepalpress.com )