Trending
Prev Story
Next Story

मेष २८ असोज २०८३, बुधबार

Onlinekhabar •
October 14, 2026 • 09:00:52 AM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

मेष २८ असोज २०८३, बुधबार

आज रोजगारको अवसर मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । प्रणयसम्बन्ध  बढ्ने समय रहेको छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

मेष राशिका जातकका लागि यस महिना आफ्नै दक्षता र क्षमताको प्रयोगबाट विभिन्न कार्यहरू सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ । स्थान परिवर्तनको विशेष योग रहेको छ । सेयर बजारबाट पनि अपेक्षित लाभ प्राप्त हुनसक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । आत्मविश्वास र आत्मबलका साथ काम गरेमा असफलताको सामना गर्नुपर्ने छैन । कुनै शुभकार्य वा यात्रा गर्नुअघि भगवान् विष्णुको स्मरण गरी कार्य आरम्भ गर्दा अझ बढी सफलता मिल्नेछ ।

मेष राशि हुनेहरूको लागि यो वर्ष शुभ रहनेछ । वर्षभरि नै बृहस्पति र केतुको प्रभावले मनमा खुसियाली छाउने र रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । राहुको सकारात्मकताले नयाँ कार्यको थालनी हुनेछ ।

शनिको आद्य साढेसातीको प्रतिकुलताले भने चिन्ता, झमेला, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ । व्यापार वा व्यावसायिक दृष्टिले वैशाख र भाद्र महिना त्यति राम्रो नरहला । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजार भने त्यति राम्रो नहोला ।

आर्थिक दृष्टिले असार, असोज र माघ महिना बढी सकारात्मक हुनसक्छ । यो वर्ष घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ । प्रेम गर्न चाहनेले नयाँ प्रेम सम्बन्ध स्थापित गर्न सक्छन्, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाइनेछ ।

चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । पढाई लेखाइको लागि विदेश जाने योग पनि छ । यो वर्ष सामाजिक, वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनसक्छ, तर अपजसको सामना भने गर्नुपर्ला । नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ ।

वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग कम हुन सक्छ । हड्डी र रक्त सम्बन्धी समस्या बढ्ने भएकाले खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । शनिबार हनुमानजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक शनिबार सङ्कटा मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । शनिको ग्रह शान्ति गर्ने र वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
आजको पञ्चाङ्ग र पात्रो: २५ कात्तिक २०८३, बुधबार

आजको पञ्चाङ्ग र पात्रो: २५ कात्तिक २०८३, बुधबार

आज द्वितीया तिथि, अनुराधा नक्षत्र र अतिगण्ड योग रहेको पञ्चाङ्गको विवरण।

#रहे #२०८३ #बुधबार
Compare →
Hamro Patro News
2d ago
आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २५ गते बुधबार सन् २०२६ नोभेम्बर ११ तारिख। कार्तिक शुक्ल पक्षको द्वितीया तिथि। भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती र किजा पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्र...

#२०८३ #बुधबार
Compare →

Related Stories

Business & Economy
Build #2612