बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिबार भएको तेस्रो संस्करणको राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जितेका छन् ।
जिल्लाको राप्तीसोनारीस्थित मदुवामा भएको १० किलोमिटर दौडमा खुला महिलातर्फ शाहीले प्रथम स्थान हासिल गर्दा रीता कुसारी दोस्रो र नन्दिता थारु तेस्रो भएका थिए । खुला पुरुषतर्फ डाँगी पहिलो, निराजन चौधरीले दोस्रो र प्रशान्त तामाङले तेस्रो स्थान हासिल गरेका थिए ।
Read full story at source ( ratopati.com )