Trending
Prev Story
Next Story

इंग्ल्यान्डमाथि श्रीलंकको रोमाञ्चक जित, ब्रुकको दोहोरो शतक छायाँमा

Arthasansar •
October 23, 2026 • 02:01 AM
1
1 reads 0 reactions

पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा श्रीलंकाले रोमाञ्चक जित निकालेको छ । रावलपिण्डीमा भएको खेलमा ४३० रनको...

इंग्ल्यान्डमाथि श्रीलंकको रोमाञ्चक जित, ब्रुकको दोहोरो शतक छायाँमा

पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा श्रीलंकाले रोमाञ्चक जित निकालेको छ । रावलपिण्डीमा भएको खेलमा ४३० रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर पुरा गरेको हो ।

श्रीलंकाको जितमा पवन रत्नायकेले १ सय ३० रन बनाए । १ सय ६ बलमा उनले १५ चौका र ३ छक्का प्रहार गरे । अविष्का फर्नान्डो र कप्तान दसुन शनाकाले समान ९७ रन जोडे । जनिथ लियानागेले २७ बलमा अविजित ६१ रन बनाउँदै श्रीलंकालाई रोमाञ्चक जित दिलाए । २४ रनमा २ विकेट गुमाएको श्रीलंकाले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो ।

त्यस अघि कप्तान ह्यारी ब्रुकले इंग्ल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरे पछि उसले उच्च स्कोर बनाएको थियो । इंग्ल्यान्डले ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ब्रुकले ११४ बलमा दोहोरो शतक पूरा गरे । १ सय १६ बल खेलेका उनले २१ चौका र १० छक्काको मद्दतले २०२ रन बनाए । उनले गत महिना शुभमन गिलले बनाएको कीर्तिमान तोडे । जो रुटले ६९, विल ज्याक्सले अविजित ६६ र टम बान्टनले ५० रन बनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#रोमाञ्चक
Compare →
Onlinekhabar
16h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

२७ कात्तिक, काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। …

#श्रीलंका #श्रीलंक
Compare →
Hamro Patro News
4d ago
रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार सम्पन्न ‘डे-नाइट’ खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाड...

#रोमाञ्चक
Compare →

Related Stories

Sports
Build #2611